‘ग्रीन हाउस’मा उपराष्ट्रपति पुन

217

बैशाख १८,
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ बुधबारदेखि निवास सरेका छन् । उनी बस्दै आएकोे गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन् । मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि ९उपराष्ट्रपति भवन० सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वातावरण मैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ । सामान्य मर्मत सम्भारपछि उपराष्ट्रपति पुन सो निवासमा सरेको उपराष्ट्रपतिको नीजि सचिवालयले जनाएको छ । भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केहीं दिनपछि मात्रै सर्नेछ । उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ । यसअघि उपराष्ट्रपतिको निवास र कार्यालय फरक–फरक स्थानमा भएकोमा अब एकै स्थानमा हुनेछ ।