Saturday, October 3, 2026
Home पत्रपत्रिका नेपालमा लगानी भित्र्याउन स्पेनी व्यवसायीको चासो

नेपालमा लगानी भित्र्याउन स्पेनी व्यवसायीको चासो

82

दीपेन्द्र गजुरेल /टीका बन्धन, स्पेन, म्याड्रिड ( नेपाल समाचारपत्र)
बैशाख १९, नेपालका विभिन्न परियोजनामा लगानी बढाउन स्पेनी व्यवसायीले चासो देखाएका छन । नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्न स्पेनी व्यवसायीहरु उत्साहित भएका हुन । गत चैत दोस्रो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सहभागी व्यवसायीले जलविद्युत, पूर्वाधार विकास सहित नेपालको कफी यूरोपेली बजारमा भित्र्¥याउन चासो लिएका हुन् । लगानी सम्मेलनले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै म्याड्रिडस्थित नेपाली दुतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले भन्नुभयो–‘सरकारले लगानी सुरक्षा, लगानीमैत्री कानुनको ब्यवस्था तथा प्रतिफल फिर्ता लानसक्ने व्यवस्था गरेपछि यहाँका केही व्यवसायी नेपालप्रति सकारात्मक बनेका छन् ।’

यूरोपेली मुलुकमा ऋण प्रकृया सहज रहेको र वित्तिय संस्थाले न्यून व्याजमा ऋण उपलब्ध गराउने भएकाले यहाँका व्यवसायीले नेपाललाई लगानीको नयाँ गन्तव्य बनाउन चाहेको उहाँको भनाई छ । नेपालको कफीबारे चासो लिएका व्यवसायीले बार्षिक ६० टन हाराहारीको ‘अग्र्यानिक अरबिका कफी’ यूरोपेली बजारमा पु¥याउने प्रस्ताव गरेका पौडेलले जानकारी दिनुभयो ।