वैशाख २९,
काठमाडौँ । एसियाका उत्कृष्ट विश्वविद्यालयहरुको सूचीमा त्रिभुवन विश्वविद्यालय २५१-३०० औं स्तरमा सूचीकृत भएको छ । बेलायतस्थित द टाइम्स हाइयर एजुकेसनले सार्वजनिक गरेको एसियाको उत्कृष्ट विश्वविद्यालयहरुको स्तर निर्धारण सूचीमा त्रिभुवन विश्वविद्यालयले गत वर्षको तुलनामा उल्लेख्य स्थान सुधार गरेको हो । यसअघि गत वर्ष सोही संस्थाले विश्वभरबाट गरेको विश्वविद्यालयहरुको स्तर निर्धारण मूल्यांकनमा विश्वका उत्कृष्ट ८०१-१००० औं विश्वविद्यालयहरुको सूचीभित्र परेको थियो...
वैशाख २९,
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको संरचना तथा उपकरण परीक्षणको काम १५ दिनभित्र सकिने बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना निर्माणस्थलमा शनिबार आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भएको हो ।आयोजनाको विद्युतगृहमा रहेका...
बैशाख २९,
जनकपुरधाम । जनकपुरधाममा जानकी जन्म महोत्सव भोली सोमबार हुनेछ । बैशाख शुक्ल नवमीका दिन हुने सो जन्मोत्सवको अवसरमा विशेष पूजाअर्चन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुरधाम आउने कार्यक्रम रहेको छ । विहान ९ बजे हेलिकप्टरवाट जनकपुरधाम आउने कार्यक्रम रहेको छ । जानकी मन्दिरमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका...
वैशाख २९,
काठमाडौँ । पुर्व प्रधानमन्त्री एवं नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताएका छन् । आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको छलफलमा भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयंले आफैमाथि न्याय नगरेको बताए ।अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै...
वैशाख २९,
रुपन्देही । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताउनुभएको छ । प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उहाँले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताउनुभयो ।रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना...
वैशाख २९,
भद्रपुर । भारतबाट उद्धार गरी ल्याइएका १५ महिलालाई परिवारको जिम्मा लगाइएको छ । भारतको उत्तरपूर्वी राज्य मिजोरमबाट उद्धार गरिएका २३ महिलामध्ये १५ लाई शनिबार परिवारको जिम्मा लगाइएको हो । माइती नेपालका निर्देशक विश्वराम खड्काका अनुसार उनीहरूलाई वैशाख २६ गते काँकडभिट्टा हुँदै नेपाल ल्याएर माइती नेपालको संरक्षणमा राखिएको थियो ।झापा, सुनसरी, मोरङ र इलामका महिलालाई परिवारको जिम्मा लगाइएको र...
एजेन्सी, बैशाख २९,
काठमाडौँ । युरोपेली मुलुक फ्रान्समा एउटा अनौठो घटना भएको छ । त्यहाँको एक प्राथमिक विद्यालयमा केही कक्षाहरु बन्द हुने कुरा चलिरहेको थियो । उक्त प्राथमिक विद्यालयमा २ सय ६१ जना विद्यार्थी छन् । विद्यार्थीको संख्या घटेसँगै अभिभावकहरुले ‘किन विद्यालयमा विद्यार्थीको संख्या कम भयो ?’ भनेर प्रश्न उठाउन थाले । अभिभावकहरुको उक्त गुनासोलाई ध्यानमा राख्दै विद्यालयले १५ वटा...
वैशाख २९,
काठमाडाैं । चीनको विदेश मन्त्रालयले पाकिस्तान र चीनका नागरिकहरूबीच सम्बन्ध गाँसिदिने अवैध संगठनहरूलाई होसियार रहन चेतावनी दिएको थियो। बितेका महिनामा पाकिस्तानका महिलाहरूलाई तस्करी गर्दै विवाहका लागि चीन पुर्याइरहेको छ भन्ने किसिमका समाचारहरू पाकिस्तानी सञ्चार माध्यममा धेरै आए।यस्ता समाचारहरूमा यी महिलाहरूलाई वेश्यावृत्तिमा धकेलिने गरिएको दाबी पनि गरिएका थिए। यसैबीच सरकारी जाँच निकाय फेडरल इनभेस्टिगेसन एजेन्सीको फैसलाबाद शाखाले त्यहाँ परेका...
वैशाख २९,
काठमाडौँ । प्रहरीले आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ११ सरकारी अस्पताल वरपर सूर्ती, चुरोट र खुट्खालगायत सूर्तीजन्य वस्तु खान निषेध लगाउने भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष पहलमा वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल, र्कीतिपुर अस्पताल, सिभिल अस्पताल, थापाथली प्रसूति गृह, आर्मी अस्पताल, प्रहरी अस्पताल, नरदेवी आयुर्वेद, गंगालाल र शुक्रराज शास्त्री अस्पताल वरपर सूर्तीजन्य पदार्थको बेचबिखन...
बैशाख २९,काठमाडौं । फिल्म ‘कुम्भ करण’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एउटै विद्यालयमा काम गर्ने हेडमास्टर, शिक्षक र पिउनले शिक्षकालाई मन पराउदा उत्पन्न भएको द्वन्द्वलाई देखाइएको छ । साथै शिक्षिकाको हत्याको छानविन गरिएको छ । फिल्ममा भोला राज सापकोटा, निशा अधिकारी, गौरव पहाडी, अभय बराल,...
