हेडमास्टर, शिक्षक र पिउनले शिक्षिकालाई मन पराउदा ( भिडियो सहित)

258

बैशाख २९,

काठमाडौं । फिल्म ‘कुम्भ करण’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एउटै विद्यालयमा काम गर्ने हेडमास्टर, शिक्षक र पिउनले शिक्षकालाई मन पराउदा उत्पन्न भएको द्वन्द्वलाई देखाइएको छ । साथै शिक्षिकाको हत्याको छानविन गरिएको छ । फिल्ममा भोला राज सापकोटा, निशा अधिकारी, गौरव पहाडी, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले, प्रतिभा क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । दिपक वलीले निर्देशन गरेको फिल्मलाई क्षितिज बस्नेत, चित्र बहादुर घर्ती मगर चुप्निधी रिजालले निमार्ण गरेका हुन् । हरि घले लामाले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको कथा, पटकथा महेश दवाडीले तयार पारेका छन् । यो फिल्म जेठ १७ गते देखि प्रर्दशन हुँदैछ ।

-रमाइलोछबाट