मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिगतका गल्ति तथा कमिकमजोरिहरुलाई सच्याउदै परिणाममुखि काम गर्न सकिनेछ । अध्ययनमा राम्रो सुधार गर्दै आफन्त तथा गूरुवर्गहरुको इज्जत राख्न सकिने समय रहेकोछ भने शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । आकस्मिक धन तथा सम्पति हात लागि हुनेछ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुनेछ । व्यापारमा लगानी बढाउदै आम्दानिमा बृद्धि गर्न सकिनेछ ।बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि तथा पशुपालन...
एजेन्सी, बैशाख २९,
नयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । प्रहरीका अनुसार आन्ध्र प्रदेशको करनूल जिल्लामा यात्रुबाहक बस अर्को सवारी साधनसँग ठोक्किएको थियो । घाइतेहरुलाई उपचारका लागि नजिकका अस्पतालहरुमा भर्ना गरिएको छ ।स्थानीय सञ्चार माध्यमले १३ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अरु दुई जनाको उपचारका क्रममा मृत्यु भएको...
बैशाख २९,
काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका विश्वराज पोखरेललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा खनालले पोखरेलसहित प्राविधिक समूहबाट डीआईजीमा बढुवा भएका डा. रामकृष्णराज भण्डारी र डा. विजयराम श्रेष्ठलाई फूली लगाइदिएका हुन् ।उनीहरुलाई गृहमन्त्रालको मन्त्रीस्तरीय निर्णयबाट २७ वैशाखमा डीआईजी बढुवा गरिएको थियो...
बैशाख २९,
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले मन्त्री भएपछि पैसा बाँड्नैपर्छ भन्ने प्रवृत्ति देखिएको बताएका छन् । यस्तै हो भने भोलि गृह, रक्षामन्त्रीले बजेट माग गर्ने अवस्था आउने उनले बताए । संसदमा भइरहेको प्रिबजेट छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले मन्त्री भएपछि केही योजना हाल्नैपर्छ, केही बजेट आफ्नोमा राख्नैपर्छ भन्ने प्रवृत्ति देखिएको बताए । उनले भने, यो प्रवृत्ति यसरी बढेर गएको...
वैशाख २९,
चितवन । रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस०ले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने बताउनुभयो ।...
वैशाख २९,
काठमाडौँ । जेठ ३ गते, शुक्रबार दुई बर्षा अभिनित फिल्म प्रदर्शनमा आउँदैछन् । बर्षा सिवाकोटीको ‘बीर बिक्रम २’ र बर्षा राउतको ‘जात्रै जात्रा’ एक साथ प्रदर्शनमा आउँने हुँदा मिडियामा दुई बर्षा बिचको प्रतिस्पर्धालाई विभिन्न तवरले विश्लेषण गरेर समाचार सम्प्रेषण भैरहेका छन् ।दुई बर्षाबिच दुश्मनी समेत रहेको चर्चा भैरहंदा नायिका बर्षा सिवाकोटीले मित्रताको हात अगाडी बढाएकी छन् । यस्मा...
वैशाख २९,
काठमाडौं । सरकारी लापरवाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम रोकिएको छ । आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको हो । ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेडले भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको हो ।ठेकेदार कम्पनीका अनुसार आयोजनामा नगद प्रवाहको समस्या भएको छ । लामो समयदेखि भइसकेको कामको भुक्तानीका लागि आयोजनाले संस्कृति पर्यटन तथा नागरिक...
वैशाख २९,
वेलिङ्टन । न्यूजील्यान्डको कर्माडेक द्वीपमा सोमबार बिहानीपख करिब ५.७ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । सर्भेका अनुसार स्थानीय समयअनुसार बिहान ४.०६ बजे जमिनको सतहभन्दा करिब ७३ किलोमिटरमुनि भूकम्प गएको थियो । कर्माडेकको दक्षिणतर्फ भूकम्पको केन्द्र रहेको थियो । भूकम्पबाट कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । सुनामीको समेत चेतावनी दिइएको छैन...
वैशाख २९,
काठमाडौं । काङ्ग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले शनिबार आयोजना गरेको जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् । उनले अहिलेसम्म भ्रष्टाचारका सबै काम कुरा कम्युनिष्टहरुको सरकार भएको बेलामा भएको दाबी गरे ।उनले काङ्ग्रेस नैतिकवान् र इमान्दारको पार्टी...
वैशाख २९,
अल्बानिया । हजारौं अल्बानियालीहरुले शनिबार आफ्नो देशको प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् । दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गरेका थिए । गएका तीन महिना यता त्यहाँ सरकार विरोधी प्रदर्शन हुँदै आएको छ ।प्रधानमन्त्री रामाले चुनावमा धाँधली गरेको आरोप खेपिरहेका छन् । विपक्षी नेता लुल्जीम बाशाले प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन...


