सम्पर्कमा आउन पप्पु कन्ट्रक्सलाई कर कार्यालयको सातदिने अल्टिमेटम

124

जेठ ६,
काठमाडौँ । कर नतिर्ने व्यवसायीहरुको सूचनी सार्वजनिक गर्दै मध्यमस्तरीय कर कार्यालयले सात दिने अल्टिमेटम दिएको छ। विभिन्न २६ वटा फर्मको नाममा सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कर लामो समयदेखि कर नतिर्नेलाई तत्काल सम्पर्क गर्न सूचनामार्फत् जानकारी गराएको हो। कार्यालयले मूल्य अभिबृद्धि कर र आयकर नतिर्ने फर्मको सूचीसहित उक्त सूचना जारी गरेको हो।

कार्यालयको सूचनामा हरिनारायण रौनियारकोको नाममा रहेको पप्पु कन्ट्रक्सनला पनि कर नतिर्ने सूचीमा रहेको छ। विभिन्न माध्यमबाट सम्पर्क गर्दा पनि सम्पर्कमा नआएकाले उक्त सूचना जारी गरिएको कर प्रशासक झक्कप्रसाद आचार्यले जानकारी दिए। यो सूचनाबाट पनि सात दिनभित्र सम्पर्कमा नआए कानूनअनुसाका अन्य प्रक्रिया अपनाएर भएपनि कर असूली गरिने उनले बताए। पप्पुकै नाममा यसअघि बानेश्वर कर कार्यालय पनि कर नतिरेको भन्दै सार्वजनिक सूचना जारी गरेको थियो।