Thursday, July 16, 2026
Home Blog Page 1564
जेठ १२, एजेन्सी । आफ्ना कारण अरु व्यवसायिक जहाजको उडानमा ढिलाइ भएपछि एकजना मन्त्रीले पदबाट राजीनामा दिएकी छन्। आफू सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो भएपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लाङ्को ओर्टिज मेनाले पदबाट राजीनामा दिएकी हुन्। शनिबारका दिन उनी सवार जहाजका कारण अन्य जहाजको उडान ढिलो हुँदा चर्को आलोचना भएको थियो। सरकारी कामका लागि विमानबाट अन्यत्र जाने...
जेठ १२, काभ्रेपलाञ्चोक । सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुगेका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गरे । ‘सेकेण्ड भएँ’ छ...
जेठ १२, काठमाडौँ । सलमान खान अहिले फिल्म भारतलाई लिएर चर्चामा छन् । फिल्म ५ जुनमा इदको अवसरमा रिलिज हुँदै छ । फिल्मका सबै कलाकार प्रमोसनमा जुुटेका छन् । बलिउडमा अचेल ऐतिहासिक तथा बायोपिकमा फिल्म बन्ने लहर नै छ । सलमानले पनि ऐतिहासिक फिल्ममा काम गर्ने इच्छा रहेको बताएका छन् ।उनले आफूलाई कुनै ऐतिहासिक फिल्मको अफर भयो भने आफूले चंगेज खानको भूमिका निभाउन चाहेको...
जेठ १२, काठमाडौँ । नेपाली बजारमा भारतीय खानेतेल प्रतिबन्धित छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ । भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल खुलेआम नेपाल भित्रिरहेका छन् । सीमावर्ती...
जेठ १२, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा गए राती एक जना युवक दुर्घटनापछि रातैभरि सडक पेटीमै छटपटाए । निर्माण भईरहेको फाटकमा सुपरभाईजर रोशन झा साथीसँगै काम गर्न निस्केका मोटरसाइकल दुर्घटनामा परे । झा कमला नगरपालिका वडा नं। २ सराबे स्थित निर्माण भईरहेको फाटकमा सुपरभाईजरको काम गर्छन् ।दुर्घटनामा परेर बेहोस भएपछि साथीहरूले साथ छाडे । बेहोसी अबस्थामा उनलाई साथीहरूले...
जेठ १२, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गर्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास बैरागीले बिदाइ गर्नुभयो । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले...
एजेन्सी, जेठ १२, सिड्नी । अष्ट्रेलियाको सिड्नीमा आइतबारदेखि चालकबिनाको मेट्रो रेल सञ्चालनमा आएको छ। सिड्नीको मेट्रो नर्थ वेस्ट लाइनको राउज हिलदेखि च्याट्सवुडसम्मको ३६ किलोमिटर लामो भूमिगत लाइनमा आइतबार बिहानदेखि चालकबिनाका रेल चलेका हुन्। उद्घाटन भएकाले आज सबै यात्रुलाई नि:शुल्क रेल चढ्न दिइएको थियो। पहिलो पटक चालकबिनाको रेल चढ्न पाउने भएपछि स्टेशनमा सिड्नीवासीको भीड लागेको थियो।पाँच वर्षअघि निर्माण सुरू गरिएको मेट्रो...
अनिश तिवारी ( कान्तिपुर दैनिक) जेठ १२, सिन्धुपाल्चोक । ६ कन्टेनर ऊन ल्याएर जेठ दोस्रो साता तातोपानी नाका खुलाइने भएको छ । भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले नेपालतर्फबाट दर्जनभन्दा बढी कामदार पठाई कन्टेनर र ट्रकमा ऊन भरेर नेपालतर्फ ल्याउन चीनपक्षबाट अनौपचारिक रूपमा सहमति भएको जानकारी दिए । ुभन्सार र अध्यागमन, उद्योग वाणिज्य संघसँग समन्वय गरी ऊन ल्याएर नाका सञ्चालन गर्ने...
शम्भु कट्टेल ( अन्नपूर्ण पोष्ट) जेठ १२, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए। छुट्टीमा घर गएका शाहीलाई...
नयाँ पत्रिका जेठ १२, काठमाडौं । ४९ लाख २९ हजार भ्रष्टाचार अभियोगमा नेपाली सेनाका कर्नेल ९प्रमुख सेनानी० केशवराज कार्की जागिरबाट बर्खास्तीमा परेर जेलसमेत चलान भएका छन् । उदयपुरस्थित कालिसिद्धि गणका गणपति कार्कीलाई सैनिक अदालतले भ्रष्टाचारी ठहर गरेपछि बर्खास्तीसँगै जेल चलान भएका हुन् । उनी कैद भुक्तानीका लागि शुक्रबार जगन्नाथ देवल जेल चलान भएका छन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत ताल संरक्षणमा भएको भ्रष्टाचारलगायत...