Friday, October 2, 2026
Home अन्तरबार्ता दुइतिहाइ बहुमतको सरकार छ तर जन अपेक्षा अनुसार काम भइरहेको देखिदैन

दुइतिहाइ बहुमतको सरकार छ तर जन अपेक्षा अनुसार काम भइरहेको देखिदैन

333

जेठ १३,
काठमाडौँ । राज्यको दृष्टिकोण बाट पछी परेको क्षेत्र कर्णाली प्रदेश,छायाँनाथ रारा नगरपालिका वार्ड नं.१२ का गोर बहादुर बुढा र बालिकन्या बुढाको कोखबाट २०३५ साल मंसिर१० गते जँन्मएका चन्द्र बहादुर बुढा जन्मेको ३ बर्षमै आमा गुमाए । उनि बुबाको माया ममता बाट हुर्केका एक मात्र सन्तान हुन् । जो आफ्नो चेतनास्तर बढाउदै राजनीतिमा सक्रिय रुपमा बिद्यार्थी काल देखि नै लागे । कास्कीको पोखरालार्इ कर्मथलो बनाएर इन्जिनियरिङ अध्यन संस्थान पश्च्मिाञ्चल क्याम्पस पोखाराको स्ववियु सभापति, अनेरास्ववियुको कास्की जिल्ला हुदै अञ्चल कमिटी र करिब एक दशक प्ररायुसंघ, युवासंघमा केन्द्रीय सदस्य, अंचल इन्चार्ज, सचिवालय सदस्य, बिभागीय प्रमुख हुदै पार्टी सचिब प्रणालीमा मुगुको एमाले पार्टी उप(सचिब सहितको अनुभब बटुलेका छन् । कर्णालीका गहना,प्रखर वक्ता एउटा क्षमतावान युवानेता ई।क।चन्द्र बहादुर बुढा संग समसामयिक बर्तमान राजनीतिक र बिकासका विषयमा नयाँ ोपाल न्यूज डट कमका सम्पादक रामेश्वर ढकालले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

तपाईलार्इ राजनीतिकमा लाग्ने प्रेणा कसरी मिल्यो ?
प्रश्नको लागी धन्यवाद१ स्वाभाविक रुपमा हामी मानब जिबनको प्रथम पाठसाला, गुरु र प्रेणाको श्रोत भनेका जो कोहीका लागी पनी आफ्ना आमा,बाबा र आफ्नो घर नै हो । त्यसपछि त्यसको वृद्धि विकास अनी संसार बुझ्ने, बुझाउने, बाहिरीबाटो देखाउने भनेको छर छिमेकी,समाज आफ्नो बलियो आत्मा बल, इच्छा चाहना, दृढ संकल्प,अध्यन अबलोकन,भ्रमण र बिषय विज्ञ गुरु वर्ग नै हुन् । मेरो घरमा कांग्रेसले झण्डा गाडेर बुवालाई गाँउ कमिटी अध्यक्षको जिम्मेवारी दिएको थियो । बुवा गाँउको अगुवा, पढेलेखेका समाजसेवी राजनीतिज्ञनै हुनुहुन्थ्यो । त्यसैले मेरा बुवाले गर्दा राजनीति बुझे, राजनीति गर्ने प्रेणा लिए तर सदस्यता लियर कांग्रेस भएर लागिन ǀ

राजनीतिमा प्रवेश गर्ने चरणमा राजनीतिलाई कसरी बुझ्नु भएको थियो ?
गास,बास कपास र शिक्षाको अभाव भित्रको आफ्नो जन्मले होला खासै सुझबुझको राजनीतिक थिएन । हल्लाको भरमा नेताले गाँउमा रैबार पठाएको र रेडियो नेपालको समाचार सुनेको भरमा राजनीतिमा लागिन्थ्यो । जसबाट प्रभावित भयर हाम्रो घरमा कांग्रेसको झण्डा गाडेर बुवालाई कांग्रेस पार्टीले गाउँ कमिटि अध्यक्षको जिम्मेवारी दिएको थियो । म बुवाको कारणले बुझ्ने प्रयास गर्थे । तर म सानै देखि चञ्चल, जिज्ञासु र विद्रोही स्वभावको थिए । बुबाको एक मात्र छोरा त्यो पनी घरमा गाडेको झण्डा र बुवाको पदको बारे सोध्ने,बुझ्ने र गाँउमा सदस्यता बाड्न जान खोज्ने बुवालाई रोक्थे र भन्थे । बुबालाई मैले भन्थे रैबार पठाएको र रेडियो नेपाल सुनेको भरमा अरुलाई यो ठिक यो बेठिक भन्ने सदस्य बढाउने काम नगर्नु म अली ठुलो भएर बुझेर राजनीति गरौला ǀ

हालको राजनीतिक अबस्तालार्इ कसरी लिनुभएको छ ?
हिजोका काल खण्डमा हामीले प्रजातन्त्रका बिरोधि शक्ति,राज्यका निरंग्कुस शासक राणा,राजाका बिरुद्दमा जन चाहना र जन(आवाजलाइ सम्मान गर्दै राजनीतिक रुपमा प्रधान सत्रुको किटानी गरेर जन(चाहना बिरोधि शासन व्यबस्था लाइ परास्त गर्नका निम्ति आ(आफ्नो ठाँउबाट विभिन्न दलहरुले बिरोधका बिभिन्न रुपमा क्रान्ति गरेर आजको अवस्थामा आर्इ पुगेका छौ ǀ हिजोका राजनीतिक घटनाक्रम हरुले राजनितिक रुपमा समग्र सबै जन-समुदायमा चेतना जगाएको छ । अब जागेको यो शक्तिलार्इ सबै दलहरुले दलीय स्वार्थ भन्दा माथी उठेर देश बिकास र सम्बृदीको मार्ग चित्र बनाएर प्रयोग गरियो भने मात्र देश बिकास र सम्बृदी को तिब्र गतीमा अगाडी बढ्न सक्दछ । तर अहिलेको राजनीतिक अवस्थालार्इ हेर्ने हो भने एकातिर झन्डै दुइ तिहाईको जनमत प्राप्त कम्युनिष्ट सरकार छ भने अर्को तर्फ प्रतिपक्ष दलहरु आ(आफ्नो दलीय स्वार्थ भन्दा माथी उठेको देखिदैन । हिजोको जस्तै बिरोधि मानसिकता अझै बाँकी छ । एउटा दललार्इ सरकार द्वारा प्रतिबन्द लगाइएको छ । कर्मचारीतन्त्र र जनप्रतिनिधि बीच अन्तरद्वन्द् बढेको छ, जसले गर्दा नयाँ अभ्यास हुदै गरेको हाम्रो शासन व्यवस्था धरापमा पर्ने होकी भनेर सबै राजनीतिक दलहरुले राजनीतिक रुपमा देश र जनताको हितका लागी चिन्ता लिएर काम गर्नु पर्ने अवस्था आएको छ ।

नेकपा नेतृत्वको दुइतिहाइ बहुमतको सरकार छ तर जन अपेक्षा अनुसार काम भइरहेको देखिदैन कारण के देख्नु हुन्छ ?
झन्डै दुइतिहाइ बहुमतको नेकपा सरकारले जनअपक्षा अनुसार काम नभएको देखिनु धेरै कारण छन् । पहिलो कुरा नेपाली समाज यतीबेला ठुलो राजनीतिक परिवर्तनको सफलता पछी एकात्मक राज्य ब्यबस्थाप बाट सङ्घीय राज्य व्यवस्थामा गई जसलाई नयाँ ढंगले सस्थागत बिकास र अभ्यास गरी रहेको छ । एउटा परिबर्तनको सफलात पछी जन(अपेक्षा ठुलो हुन्छ । त्यसलाई हाम्रो देशको श्रोत साधनको कमी,आयर्तित बस्तुबाट निर्भर भर्इ माग र आपूर्तिको सन्तुलन नमिल्लनु, सरकारको नयाँ अभ्यास हुनु, जनताका आधारभूत आवश्यकता सहज ढंगबाट नचली रहेको अवस्थामा पनी प्रधानमन्त्री ज्युले घोषणा गरेका विकासका ठुला परिकल्पनाहरु सुन्दा सुन्दर, दीर्घकालीन दिगो बिकासमा आवश्यक भएपनी आजको क्रमिक आबश्यक क्रमिक बिकास संग तालमेल नमिल्दा,बिकास गर्न भन्दा बिकास खाने परिपाटीको डरलाग्दो अवस्था देखिनु,राज्यको तल देखी माथी सम्म मौलाउन खोजेको भ्रष्टाचारलाइ नियन्त्रण गर्न खोजेपनी नियन्त्रण नसक्नु जस्ता क्रियाकलापले जन अपेक्षा अनुरुप सरकारले काम गर्न नसकेको देखिएको हो ǀ

सरकारले सुधार्नु पर्ने पक्ष के के देख्नु हुन्छ ?
नयाँ संरचना सहितको शासकीय अभ्यास नयाँ संबिधान म टेकेर नँया नेपाल बनाउने परिकल्पना सहित जनताको शक्तिशाली कम्युनिष्ट सरकार छ । जन-आशा,अपेक्षा बढी छ । यस्तो बेला राम्रा होइन हाम्रालार्इ साथमा लिएर गुट,उप-गुट सृजान गरी संकिरणताको घेरा भित्र हिजोको सत्ता संचालनको परिपाटी जस्तो सरकार संचालन गर्न खोजियो भने कम्युनिष्ट सरकारले चाहेको दर्शनले तय गरेको समाजबाद हुदै साम्यवादको अन्तिम प्रगतिशील जन गन्तव्य कल्पनामै सिमित हुन पुग्द छ । त्यसकारण सरकारले केन्द्र देखि स्थानिय तह सम्म सरकार संचालनका लागी बिषय विज्ञहरुको सानो सल्लाहकार समूह बनाउने, प्रधानमन्त्री कार्यालय, मन्त्रालयका सचिब र सचिवालय हरुमा राजनीतिज्ञ र कर्मचारीहरु नियन्त्रण र निगरानी सहित स्वच्छ छबी,नियत ठिक भयका क्षमतावान व्यक्ति हरुलाई सेवा सुविधामा कंजुस्याई नगरी राख्ने ताकी भ्रष्टाचार नबढोस,आधारभूत आवश्यकता लाइ प्राथमिकता साथ् केन्द्र देखि स्थानिय तहसम्म तर्जुमा गर्ने,श्रम,साधन र उत्पादनको ब्यबस्थित बैज्ञानिक प्रयोग सहित देशको श्रमिक शक्तिलाई आफ्नै देश बिकासमा लगाउने जस्ता क्रियाकलाप हारमा सरकारको ध्यान जानु पर्दछ ǀ

राजनीति गर्नु को लक्ष समाजको सुधार तथा सामाजिक बिकास हो, तपाईका लक्ष तथा योजाना के छन् ?
स्वाभाविक रुपमा राजनीतिक गर्नुको लक्ष राज्यका नीतिनियम भित्र रही समाज रुपान्तरण,समाज सुधार,सामिजिक बिकासको अभियानमा आफूलाई सच्चा सेवक,सिपाई बनाउनु नै हो त्यो भन्दा बाहिर गयर राजनीतिक गर्छु र राजनीतिज्ञ बन्छु भनियो भने त्यो बेइमानी हुन्छ अधिकांस आजका राजनीतिक गर्ने नेता हरुमा देखियको समस्या त्यही हो ǀ म आफै इन्जिनियरिंग क्षेत्रको व्यक्ति भयको हुनाले सत्य,तथ्य परिणाम मुखी बैज्ञानिक पद्दति लाइ आत्मासात गर्छु,सर्बहारा श्रमजिबी वर्गको हितका चाहने बिभिन्न बर्ग हरु संग समन्वय गरी लक्षित बर्गको हितमा आफुलाई समर्पित गर्नु नै मेरो जिबनको राजनीतिक लक्ष हो मललाई हिजो ३ बर्षमा आमा गुमाउदाको पिडा त्यसपछि को बाबा छोरा दुइ परिवार भित्र बाबा संग बैचारिक संघर्ष गर्थे जसले गर्दा घरमा गाडेको कांग्रेस को झण्डा,बुवाले पायको गाउकमिटी अध्यक्ष पद लाइ परित्याग गराएर घरमा कम्युनिष्टको लाल झण्डा गाडेर ईलाका सचिब बनाउने । बुवा भवानीका धामी झाक्री,आफु बाहेक कसैले पकाएको नखाने बुवाको वानी र दलित हरुलाई घरभित्र पस्न नदिने गाउ समाजको अवस्थालार्इ परिबर्तन गराउने सचेत गाउको नमुना युवा हु भने आज औपचारिकशिक्षा पनी सैदान्तिक र ब्यबहारिक शिक्षा बराबरी ढंगले अगाडी बढायको छु,संसार बुझ्ने प्रयत्न गर्दै छु । त्यसैले मेरा लक्ष योजना भन्दापनि अबसर पायको खण्डमा समाजबादी पूजीको बिकास सहित सम्वृद नेपाल बानाउन लक्ष निर्धारण सहित प्रस्ट खाका कोर्न सक्ने क्षमता राख्न सक्छु भन्ने विश्वास छ ǀ

कर्णाली प्रदेशको पछौटेपन लाइ अनत्य गर्दै त्यहाँका जनतालाई संबिधान प्रदत् अधिकार दिलाउन के गर्नपर्ने देख्नु हुन्छ? 
मैले राजनीति संगसंगै करिब प्राबिधिक प्रतिबेदन तयार गर्ने र सुपरभिजन गर्ने गरी ५०० वटा योजना सम्पन्न गरेको छु ǀ त्यसैले हाम्रो कर्णालीको पिडा देख्दा अहिले पनी आसु आउछ,रुना मन लाग्छ तर असिमित सम्भावाना देख्दा जन्मनुको छुटै गर्भ लाग्छ,लगभग देश पुरै घुमेको छु । त्यसमा पनी आफ्नै कर्णाली राम्रो संग नजिक बाट घुम्ने बुझ्ने गरेको छु । अहिलेपनी आफ्नै सदरमुकाम आउँन हिडेर ५,६ दिन लाग्ने गाँउ छन् हुम्ला र डोल्पाम जुम्ला बाहेक कालिकोट र मुगुमा पनी २,३ दिन लाग्ने गाउ छन् । गरिबी निबारहण कोषको योजान हेर्न हुम्ला जादाँ करिब एक महिना हिडेर खुट्टा सुन्नीयर हप्ता दिन बिरामी भएको,यार्चागुम्बा टिप्ने ठाउम जादा ११जना होनाहार युवा को ज्यान गएको र म आफैलाई उद्दार गरेर ५ दिन सम्म बोकेर उपचार गर्ने ठाउ नेपालगंज सम्म पुर्यायको सम्झना मेरो मानस पाटलमा ताजै छ । त्यसैले राम्रो ब्यबस्थित बिकास गर्ने हो भने पहिलो ब्यबस्थित बसाइ आबश्यक छ , त्यसपछि कर्णाली संग भैका प्राकृतिक श्रोत साधन जल,जमिन,जडीबुटी जस्ता सम्पदाहरुको ब्यबस्थित उत्पादन,प्रशोधन गरी ब्याबपर,ब्यबसाय जोड दिनुको साथै,आन्तरिब कर्णालीका फलफुलहरुको ब्राण्ड,कृषि,जडिबुटी,जलस्रोत,हिमाल,हाइड्रोपावर,धार्मिक पर्यटन जस्ता कुराहरुमा जोड दिने आन्तरिक र वाह्य उत्तर दक्षिण ब्यबस्थित कनेक्टिभिटी म जोड दिनेहो भने कर्णाली मात्र होइन राज्यको आयस्रोत को मुख्य भण्डार बन्न सक्छ ǀ

संघीयताको मर्म र भावना अनुसार नेपाल सरकार चल्न नसकेको र अधिकार दिन कन्चुसाई गरेको मुख्य मंत्रीहरु नै बताई रहेका छन् के यसरी संघीयता कार्यान्वयन होला ?
संसारका जतीपनी मुलुक संघियताम प्रवेश गरेका छन कतिपय मुलुकमा हित गरेको र कतिपय म नगरेको थुप्रै उदाहरण छन् । त्यसैले तिनीहरु बाट पनी हामीले सिक्न जरुरत छ । जस्तैःभारत,अमेरिका,ब्राजिल,जर्मनी हित गरेका र लिबिया,सोमालिया र अफगानिस्तान जस्ता अहित गरेका देश पनी छन् भने हामी नयाँ संघिय संरचनाको नयां अभ्यासमा छौ जे छलफल बहस आवश्यकता थियो । त्यो पहिलेनै थियो अब संघियता कार्वान्वयन को विकल्प छैन सफल कार्यन्वयन हुन बर्षौ लाग्न सक्छ । अहिलेनै हिसाबकिताब गर्ने बेला भएको छैन । हाम्रा नियत र हाम्रा क्रियाकलाप सहि ढंगले देश र जनताको हितहुने पक्षमा जानु पर्छ मुख्य मंत्री ज्युहरुले परिक्षण गरी सकेका अनुहार हुनुहुन्छ । त्यसैले जनताम ठुलो अपेक्षा नभयको हो उहाहरुले थप क्षमता बिकास गरेर प्रबिधि र परिस्थि अनुसार अपडेट गर्न जरुरत छ । अधिकार पायौ भन्दैमा अन्धाधुन्ध बाडिउ भने गाह्रो हुन्छ । प्राप्त बजेट उचीत विनियोज,प्रयोग र खर्च गर्न सकिएन भने उहाँहरुको क्षमतामा प्रश्न चिन्ह खडा हुन्छ । त्यसैले छिटै खानु जली जानु हुन्न भनेझै मुख्य मंत्रीज्यु हरु आत्तिनु पर्ने आबश्यक पनी छैन । केन्द्रीय सरकार अभिभाबक हो केहि अधिकार दिन सम्बृदीका लागी कन्जुसाई गर्न हुदैन केहि अधिकार त संबिधान मै उल्लेख गरेकै छ । त्यसैले तल देखि माथी सम्म राजनेता बन्न खोज्ने हरुले आफ्ना लोभलालच हटाई देश र जनताको सम्बृदीमा आफुलाई समर्पित गर्न पर्यो अनी मात्र संघियताको भावना र मर्म अनुसार चल्छ र संघियता सफल कार्यान्वयन हुन्छ ǀ

सरकार असन्तुष्टिको सम्बोधन गर्न भन्दा मिडियालाई कडाइ गर्न तर्फ अग्रसर छ,जनआवाज दबाउन उद्दत छ । के सुझाव दिन चाहनुहुन्छ ?
संचार सरकारको महत्वपूर्ण अंग हो,सरकारले सिमित स्वार्थका लागी मिडिया माथी कडाइ गर्यो भने त्यो देश र जनताको हितमा हुदैन । बिधेयक ल्याउनु भन्दा अगाडी राम्रो नराम्रो बिषयमा गहन छलफल हुन आबश्यक छ । केहि पीत पत्रकार र पीत पत्रकारिता ब्यबसायीलार्इ लक्षित गरेर विधेयक ल्याउन खोजिएको होला तर यस्तो अवस्थामा प्रेश स्वतन्त्रता विधेयकमा टेकेर स्वतन्त्रताको नाममा पीत पत्रकारिता गरेर गलत धन्दा गर्नेका लागी सरकार र संचार क्षेत्र मिलेर कामगर्दा हितकर हुन्छ । देश भित्र र बाहिर समाजमा भईगरेका विसंगति र विकृतिलार्इ संचार माध्यमले उजागर गर्ने महत्वपूर्ण अंग भएको हुदा धेरै संका गर्नु आबश्यक छैन ǀ

पार्टी एकता प्रक्रिया एक वर्ष देखि अझै नटुंगिनु लाइ के भन्नु हुन्छ रु
एउटा घर भित्र मनमुटाव गरेका दाजुभाइको मन मिलाउन समय लाग्छ भने यो त देशका दुर्इवटा शक्तिशाली कम्युनिष्ट शक्ति र त्यसका तमाम माथी देखी तल सम्मका कार्यकर्ता मिलाउनु पनी अर्को संघियता सफल बनाउनु जस्तै हो । समय लाग्छ तर समय लाग्नु भित्रका बेफाइदा धेरै छन् । त्यसैले अब समय लगाउनु हुदैन हिजोको संगठनको आधार नभयको कांग्रेस पनी गाँउ पस्न लाग्यो । नेकपा आफ्नै आन्तरिक जुँगाको लडाई र कमिटि गठन म धेरै भुलियो भने राम्रो हुदैन । जनता र कार्यकर्ता बीच निरासा छाँउदै छ बिचार र संगठन बिस्तार को गती सुस्त हुनुले आज मात्र होइन भोली सम्म दीर्घकालीन असर पुग्छ । अब ढिला नगरी आफ्ना गुणगान गाउने आसपासका लाइए जिम्मेवारी दिने र राम्रा योग्य,क्षमतावान,पार्टीमा योगदान दिएका कमरेडहरू लाइ उचीत मूल्यांकन गरीएन भने धरातल कमजोर हुन्छ र प्रतिपक्ष कांग्रेस जस्ता पार्टीले हिजो क।मदन भण्डारीले दरबारमा औला तेर्साएर भन्ने अवसर पाउने छन् । त्यसैले उचित कार्यकर्ता लाइ उचित जिम्मेवारी दिएर गुटबन्दी नगरी एकता प्रक्रिया टुङ्गोमा पुर्याउनु पर्छ ǀ

पार्टीमा जनताको बहुदलीय जनबादको सन्दर्भ सकिएको बहस ठुलै नेताहरुबाट चल्लन थालेको छ यसमा तपाइको के धारणा छ ?
हिजोको बिगतमा वा दस बीस वर्ष अगाडी जस्ले जुन सिद्धान्त नेपाली माटो सुआउँदो हुनेगरी ल्याईता पनी हमी शब्दमा भन्दा पनी मुख्य कुरो दिगोपनमा केन्द्रित रहनु पर्यो । नेपाली जनतालार्इ यतिबेला चाहिएको के कुरा हो ? चाहे २१औं सताब्दीको जनबाद वा जनताको बहुदलीय जनबादले जनताको आधारभुत सेवा दिने कुरानै हा । पार्टी सिद्धान्तको लक्ष्य समाजबाद हुदै अन्तिम साम्यवादमा जाने नै हो । आजको जनताको आधरभूत जनजीविकाको कुरामा केन्द्रित हुनुपर्यो। जनताले के अपेक्षा गरेर कम्युनिष्ट लाइ बहुमतको सरकार दिए । त्यो कुरामा ध्यान केन्द्रित गर्नु पर्छ । पार्टीको सैदान्तिक शब्दमम रुमलिनु हुदैन भन्ने मलाइ लाग्छ ǀ