Tuesday, July 21, 2026
Home Blog Page 1509
असार २, काठमाडौँ । तराईका सीमावर्ती क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भारतीय गाडी चेकजाँचमा कडाइ गरेसँगै गृह मन्त्रालयले निर्वाध आवागमन गर्न दिन निर्देशन दिएको छ । जेठ २ गते काटिएको उक्त पत्र भारतसँग सीमा जोडिएका २२ वटा जिल्लाका प्रशासकहरुलाई पठाइएको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चिवतन, पूर्व नवलपरासी, पश्चिम नवलपरासी,...
असार २, काठमाडौँ । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो।आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको...
एजेन्सी, असार २, काठमाडौँ । हामीकहाँ मात्र होइन, विश्वकै समृद्ध देश स्विजरल्याण्डमा समेत महिलाहरुमाथि हिंसा हुने गरेको रहेछ । सोही कारण त्यहाँका लाखौँ महिलाहरु विभेद र हिंसाविरुद्धमा सडकमा उत्रिएका छन् ।लैंगिक असमानता तथा कार्यस्थलमा हुने भेदभावका साथै यौन उत्पीडन र हिंसाको विरुद्धमा स्विस महिलाहरु सडकमा उत्रिएका छन् । सडकमा उत्रिएका महिलाहरुले पुरुष समान तलब, ज्यालाका साथै अवसरको पनि माग गरेका...
असार २, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । पूर्व महारानी कोलमराज्यलक्ष्मी शाहसहित पूर्व राज शाह गएको जेठको पहिलो हप्ता थाइल्याण्ड गएका थिए । उनीहरु फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि गएका थिए । झण्डै एक महिनाको बसाईपछि पूर्व राज दम्पती सोमबार नेपाल फर्किएका हुन् ।उनीहरुलाई स्वागत गर्न समर्थकहरु त्रिभूवन...
असार २, काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । पूर्व महारानी कोलमराज्यलक्ष्मी शाहसहित पूर्व राज शाह गएको जेठको पहिलो हप्ता थाइल्याण्ड गएका थिए । उनीहरु फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि गएका थिए । झण्डै एक महिनाको बसाईपछि पूर्व राज दम्पती सोमबार नेपाल फर्किएका हुन् ।उनीहरुलाई स्वागत गर्न समर्थकहरु त्रिभूवन...
असार २,वीरेन्द्र कर्ण काठमाडौँ । पर्सा– नेपाल–भारत दुवै देशको उच्च प्राथमिकतामा रहेको भारतको मोतीहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भएको छ । नेपालको लाइफ लाइनका रुपमा रहेको भारतको मोतीहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइपलाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भएपछि त्यसको प्राविधिक जाँच गरेर निकट भविष्यमै सञ्चालनमा ल्याउने परियोजना कार्यालय सिमराले जनाएको...
असार २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे परामर्श तीव्र बनाएका छन् । साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् ।प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका छन् । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु...
एजेन्सी, असार २, काठमाडौँ ।काराकस– पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या...
असार २, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउँदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसंग माग गरे। उनले नेपाल र नेपाली समाजको धार्मिक, सांस्कृति, सामाजिक मुल्य मान्यता र मौलिक...
असार २, पर्वत । पर्वत सदरमुकाम कुश्मा बजारमा विगत एक हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । केही दिन वर्षा रोकिएसँगै ह्वात्तै बढेको गर्मीका कारण पानीका स्रोत सुख्दै गएपछि पानीको अभाव हुनु र पानीका मुहान रहेका ठाउँमा रोपाइँ शुरु हुँदा बजारमा पानीको अभाव भएको हो । लुगा धुने नुहाउने त परैको कुरा पिउने पानीको अभाव भएपछि बजारवासी पानीको खोजीमा भौतारिन...