थाइल्याण्डबाट फर्किए पूर्व राजा ज्ञानेन्द्र शाह

441

असार २,
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । पूर्व महारानी कोलमराज्यलक्ष्मी शाहसहित पूर्व राज शाह गएको जेठको पहिलो हप्ता थाइल्याण्ड गएका थिए । उनीहरु फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको ग्र्याजुएन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा अभिभावकीय उपस्थितिका लागि गएका थिए । झण्डै एक महिनाको बसाईपछि पूर्व राज दम्पती सोमबार नेपाल फर्किएका हुन् ।

उनीहरुलाई स्वागत गर्न समर्थकहरु त्रिभूवन विमानस्थल पुगेका थिए । उनीहरुले ‘राजा आउ, देश बचाउ’ सहितका नारा लगाएका छन् । थाइल्याण्डमा रहँदा पूर्व राजा ज्ञानेन्द्रले सरकारले ल्याएको गुठी विधेयक बारे गम्भीर चासो व्यक्त गरेका थिए ।