स्विजरल्याण्डमा २८ वर्षपछि महिला सडकमा,आफ्ना भित्री वस्त्र जलाएर गरे प्रदर्शन

156

एजेन्सी, असार २,
काठमाडौँ । हामीकहाँ मात्र होइन, विश्वकै समृद्ध देश स्विजरल्याण्डमा समेत महिलाहरुमाथि हिंसा हुने गरेको रहेछ । सोही कारण त्यहाँका लाखौँ महिलाहरु विभेद र हिंसाविरुद्धमा सडकमा उत्रिएका छन् ।लैंगिक असमानता तथा कार्यस्थलमा हुने भेदभावका साथै यौन उत्पीडन र हिंसाको विरुद्धमा स्विस महिलाहरु सडकमा उत्रिएका छन् । सडकमा उत्रिएका महिलाहरुले पुरुष समान तलब, ज्यालाका साथै अवसरको पनि माग गरेका छन् । तथ्यांक अनुसार स्विजरल्याण्डमा महिलाहरुको तलब पुरुषको तुलनामा औषतमा २० प्रतिशत कम छ ।

स्विजरल्याण्डका विभिन्न १२ सहरमा गरी झण्डै १४ लाख महिलाका जुलस निस्किए । स्विजरल्याण्डमा २८ वर्षपछि भएको यो सबैभन्दा ठूलो प्रदर्शन हो । यसअघि सन् १९९१ मा झण्डै ५ लाख महिलाहरु सडकमा निस्किएका थिए ।गत शुक्रबार भएको महिलाको उक्त प्रदर्शनलाई पर्पल वेभको नाम दिइएको छ । किनकि प्रदर्शनकारी महिलाले वैजनी रङको पहिरन पहिरिएका थिए । महिलाहरुले ठाउँठाउँमा आगो बालेर आफ्ना ब्रा, पेन्टीलगायतका भित्री वस्त्रहरु समेत जलाएका थिए ।