Monday, September 28, 2026
Home अन्तर्राष्ट्रिय भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु

174

एजेन्सी, असार २,
काठमाडौँ ।काराकस– पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।

कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा यो दुर्घटना भएको थियो । सो दुर्घटनाको अनुसन्धान भइरहेको र दुर्तगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस बसमा ५८ जना यात्रु सवार रहेका प्रत्यक्षदर्शीले स्थानीय पत्रिका पानोरामाले जनाएको छ ।

भेनेजुएलामा सडक मर्मत सम्भारमा कमी, जीर्ण सवारी सधान, चालकको लापर्वाही जस्ता कारणले बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनका अनुसार भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । –एएफपी