असार ३,
काठमाडौँ । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे र चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना निकालेको छ । सूचनाअनुसार असार ३ देखि साउन १ गतेसम्म परीक्षार्थीले आवेदन फाराम भरिसक्नु पर्ने सुचना मार्फत जानकारी गराएको छ ।
असार ३,
काठमाडौँ ।जिवेश सिङ् गुरुङ, र रियासा दाहालले म्युजिक भिडियोमा मोडलिङ्ग गरेका छन् । भिडियोमा जिवेश र रियासासँगै कञ्चन खड्कालाई पनि देख्न सकिन्छ । गीतमा टिका प्रसाईँ, नविन रावल, मिलन विष्टले स्वर दिएका छन् । रमाइलो प्रकारको म्युजिक भिडियोमा जिवेश, रियासा र कञ्चनको रमाइलो नृत्य गरेका छन् । राजिव समरको निर्देशनमा बनेको म्युजिक भिडियोमा अर्जुन तिवारी एण्ड टिमको सिनेम्याटिग्राफी...
असार ३,
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै कांग्रेस सांसदले विरोध गरेका थिए । बैठक सुरु हुने बितिकै सभामुख कृष्णबहादुर महराले प्रधानभन्त्री केपी ओलीलाई सम्बोधनका लागि समय दिएका थिए। तर कांग्रेसले आफ्नो दलका नेतालाई बोल्न...
असार ३,
काठमाडौँ । विगत एक हप्तादेखि बढेको तापक्रमका कारण खाडीका ६ देशको तापक्रम प्रभावित बनेको छ । तापक्रम ६३ डिग्रीसम्म पुगेपछि मध्याह्नको समयमा श्रमिकलाई काम गराउन रोजगारदाता कम्पनीहरूलाई रोक लगाएको छ । बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको...
एजेन्सी, असार ३,
काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले फिल्मी दुनियाँमा कदम राखेका छन् । मानिसहरुले आर्यनको अभिनयअघि उनको आवाज हलिउडको ठूला प्रोजेक्टमा सुन्न पाउनेछन् ।आर्यन खानले आफ्ना बुवा शाहरुख खानसँग अन्तरराष्ट्रिय कम्पनी डिज्नीको चर्चित फिल्म ‘द लायन किंग’ को हिन्दी संस्करणमा आफ्नो आवाज दिँदैछन् । फिल्मका मुख्य भूमिका सिम्बालाई आर्यन र सिम्बाका पिता मुसाफालाई...
असार ३,
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान गर्दै देशभर आंशिक बदली हुने तथा केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । त्यस्तै पूर्वी तथा मध्य क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्थाको पूर्वानुमान यस्तो छ ।असार ३ गते देशभर आंशिकदेखि सामान्य बदली रही केहि...
असार ३,
काठमाडौं– दक्षिण पश्चिम चीनमा सोमबार राति र मंगलबार गएको २ ओटा शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ११ जनाको मृत्यु र १ सय २२ जना घाइते भएको जनाइएको छ । समाचार संस्थाका अनुसार ६ रेक्टर स्केलको पहिलो भूकम्प स्थानीय समानुसार सोमबार राति १०ः५५ मा गएको थियो । उक्त भूकम्प सिचुवान प्रदेशको यिबिन शहरको २० किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको...
एजेन्सी, असार ३,
काठमाडौँ । बलिउड नायीका दीपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् । अब्जर्भर डनले सुन्दरताको परिभाषा दिर्दै लेखेका छन्, ‘विश्वको सुन्दर महिलाले आफ्नो काम र अन्य गुणको माध्यमबाट जादुमय इतिहास रचेका छन् ।’ डनले लेखेका छन्, ‘मान्छेलाई शारीरिक रुपले भन्दा पनि विचारले सुन्दर बनाउँछ । उच्च विचारले मान्छेमा चमक ल्याउने काम गर्दछ । मान्छेको...
असार ३,
सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले उडान भरेका छैनन् । सोमबार सात उडान तालिका भए...
असार ३,
सल्यान । छत्रेस्वरी गाउँपालिका ३ झिम्पेको मुलखोलामा रहेको वडा कार्यालयमा आगजनी भएको छ । सोमबार राति दुई बजे भएको आगजनीका कारण दुई कोठे रहेको वडा कार्यालयमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । आजगनीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ । आगजनीबाट प्रशासन र प्राविधिक कोठामा रहेका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।...










