चीनमा शक्तिशाली भूकम्प, ११ जनाको मृत्यु

99

असार ३,
काठमाडौं– दक्षिण पश्चिम चीनमा सोमबार राति र मंगलबार गएको २ ओटा शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ११ जनाको मृत्यु र १ सय २२ जना घाइते भएको जनाइएको छ । समाचार संस्थाका अनुसार ६ रेक्टर स्केलको पहिलो भूकम्प स्थानीय समानुसार सोमबार राति १०ः५५ मा गएको थियो । उक्त भूकम्प सिचुवान प्रदेशको यिबिन शहरको २० किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको उल्लेख गरिएको छ ।

यस्तै, मंगलबार विहान फेरि ५.२ रेक्टर स्केलको अर्को भूकम्प गएको छ । मंगलबार विहानको भूकम्प पनि यिबिन शहरको १६ किलोमिटर आसपास केन्द्रविन्दू बनाएर गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । भूकम्पका कारण भूकम्पको झट्काले दर्जनौं संरचनाहरुमा क्षति पुग्नुको साथै करिब ४ हजार मानिस प्रभावित भएका छन् ।