असार ११
काठमाडौँ । नेपाली काङ्ग्रेस काठमाडौँको उपसभापतिमा विजय माली हुनुभएको छ । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो ।कार्यसमितिको सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ हुनुभएको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिनुभयो । काठमाडौँ काङ्ग्रेस यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन...
असार ११,
काठमाडौँ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लगालग २ चलचित्रको छायांकन सकाएकी छिन् । उनले भदौ १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मारुनी’ र दशैमा रिलिज हुन लागेको चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकेकी हुन् । उनी अब नयाँ चलचित्र तत्काल गर्ने मुडमा छैनन् ।तर, चलचित्रको छायांकन सकेसँगै उनको मस्ती मुड भने सुरु भएको छ । साम्राज्ञी इन्स्टाग्राममा आफ्ना...
असार ११,
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे । ‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले कान्तिपुरसँग भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ...
असार ११,
काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’ सिजन टूको घोषणा भएसँगै कोच परिवर्तनको विषयले अहिले खैलाबैला मच्चिएको छ । सिजन वानको कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बालाई सिजन टू मा राखिएको छैन । उनीहरुको ठाउँमा गायक राजु लामा र गायिका आस्था राउतलाई राखिएको छ । गायक प्रमोद खरेल र दीप श्रेष्ठ भने यथावत छन् । आफूलाई जानकारी...
असार ११,
सप्तरी । बालिका बलात्कार गरेको आरोपमा सप्तरीको बोदे बर्साइन नगरपालिका–७ मानराजाका १८ वर्षीय घुरनकुमार यादवलाई सप्तरी जिल्ला अदालतले छ वर्ष कैद सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले कारागारमा थुनामा रहेका आरोपितलाई छ वर्ष कैद सजायका साथै रु ५० हजार क्षतिपूर्ति भराउने अन्तिम फैसला गरेको हो । जिल्ला अदालतको आदेशमा आरोपित २०७५ वैशाख ७ गतेदेखि...
असार ११,
काठमाडौँ । डिप्रेसन एक मानसिक रोग हो । डिप्रेसन भएमा नकारात्मक सोच पलाउने, दिक्दारीपना बढ्ने, निराश हुने, केही गर्न सक्दिनँ भन्ने धारणा पलाउने र मृत्यु प्रिय लाग्नेजस्ता समस्या देखिन्छन् । पछिल्लो समय युवामा डिप्रेसनको समस्या बढ्दो छ । हाल नेपालमा करिब २० प्रतिशत युवामा कुनै न कुनै किसिमको डिप्रेसन रहेको अनुमान छ ।- समाजमा मानसिक स्वास्थ्यप्रति गलत धारणा...
असार ११,
काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ मा बाल कलाकार अनुभव रेग्मी प्रेमको भूमिकामा छानिएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार प्रेमको बालपनको भूमिका अनुभवले निभाउने छन् । मंगलबार मात्रै अनुभव ‘प्रेम गीत ३’ मा अनुबन्धित भएका हुन् । ‘प्रेम गीत ३’ मा प्रेमको पिताको भूमिकामा अभिनेता श्रेष्ठ अनुबन्धित भएका छन् । नव नायक मनिष राउतले पनि...
असार ११,
अछाम । अछामकाे चौरपाटी गाउँपालिकाको सोकटमा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य चार जना विद्यार्थी घाइते भएका छन् ।उनीहरु सबै दशपल्ले माविमा अध्ययनरत विद्यार्थी हुन् । दुर्घटनामा परी मृत्यु हुनेमा कक्षा ८ मा अध्ययनरत १३ वर्षकी काली साउद, कक्षा ९ मा पढ्ने १५ वर्षकी लक्ष्मी साउद र सोही विद्यालयबाट एसइई...
असार १०,
सोलुखुम्वु । सोलुखुम्वु जिल्लाको लिखु पिके गाउँपालिका वडा नं. १ पिकेमा सोही ठाउँका अम्वर वहादुर तामाङले लुकाई छिपाई राखेको धुपि, प्रतिवन्धित फूल, जराजुरी, वन्यजन्तुका हड्डी, टाउको खप्पर लगाएत सामाग्रीहरु ठूलो परिणाममा बरामत भए पनिसंकलनकर्ता तमाङ भने फरार छन् । संकलित सामग्रीहरुको प्रकृति हेर्दा लामो समय देखि तस्करी हुने गरेको देखिन्छ । यसरी वनक्षेत्रमा नै रहेकोघरमा निर्वाधरुपमा वनका कर्मारीहरुको...
असार १०,
चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समुह छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् । मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै राजनीतिक मूलधारमा आउने तयारीमा रहेको बताएका हुन् ।‘म विप्लवलाई सवैभन्दा नजिकबाट चिन्छु । हुन त अहिले एक दुईवटा बम पड्किएका छन् । यो...









