प्रचण्ड भन्छन् – विप्लवले मेरो दिमाग नै खल्बलिने कुरा गरे

216

असार १०,
चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समुह छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरेका छन् । मङगलबार चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै राजनीतिक मूलधारमा आउने तयारीमा रहेको बताएका हुन् ।

‘म विप्लवलाई सवैभन्दा नजिकबाट चिन्छु । हुन त अहिले एक दुईवटा बम पड्किएका छन् । यो घटनाक्रमले पनि विप्लवलाई विस्तारै नयाँ सोँचतिर जान प्रेरित गरेको छ । जसरी साथिहरु यसअघि मूलधारमा आइरहनुभएको छ । त्यसैगरी विप्लव पनि आउनुहुन्छ’ प्रचण्डले भने, ‘म प्रति उनी (विप्लव) को मनमा घृणा छैन ।’ अध्यक्ष प्रचण्डले पहिल्यैदेखि विप्लवले आफुसँगको भेटमा र सँगै रहेका बेला मार्मिक कुरा गर्ने गरेको स्मरण गदै उनले भनेका कुराहरु आफूलाई समेत गहिरिएर सोच्न बाध्य बनाउने गरेको बताए ।

एउटा मिटिङमा बहस हुँदा विप्लवले आफ्नो दिमाग नै खल्बलिने गरी एउटा कुरा भनेको प्रचण्डले सुनाए । ‘त्यस मिटिङमा हामीलाई काठमाडौँ त ल्याउनुभयो कमरेड ! तर नुवाकोटको एक तामाङ समुदायकी महिलालाई काठमाडाँै लाने भनेर बम्बई लगेजस्तो त हुने होइन ? भनेर प्रश्न गर्नुभयो’ विप्लवको भनाइ उधृत गर्दै प्रचण्डले सुनाए । तर अब विप्लवले बम्बई लगेको रहेनछ, काठमाडाँै नै लगेको रहेछ भनेर बुझ्न थालेको मैले पाएको छु । प्रचण्डले विप्लवको समस्या देशमा अब धेरै दिन नरहने समेत बताए । ‘शान्तिपूर्ण समाधान हुन्छ–हुन्छ । यो लामो समय रहँदैन,’ प्रचण्डको भनाई छ ।