‘प्रेम गीत ३’मा प्रेमको भूमिकामा अनुभव

215

असार ११,
काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ मा बाल कलाकार अनुभव रेग्मी प्रेमको भूमिकामा छानिएका छन् । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार प्रेमको बालपनको भूमिका अनुभवले निभाउने छन् । मंगलबार मात्रै अनुभव ‘प्रेम गीत ३’ मा अनुबन्धित भएका हुन् । ‘प्रेम गीत ३’ मा प्रेमको पिताको भूमिकामा अभिनेता श्रेष्ठ अनुबन्धित भएका छन् । नव नायक मनिष राउतले पनि फिल्ममा मुख्य भूमिका निभाउँनेछन् । २५ युवतीको अडिसन भएपनि हिरोइन भने निर्माण टिमले छानिसकेको छैन् । ‘प्रेम गीत ३’ मा प्रेमको भूमिका नायक प्रदीप खड्का यथावत् छन् ।

‘प्रेम गीत ३’ लाई निर्माता सन्तोष सेन र निर्देशक क्षेतेन गुरुंग मिलेर संयुक्त रुपमा निर्देशन गर्दैछन् । आउँदो नयाँ नेपाली वर्षमा प्रदर्शन गर्ने गरी फिल्मको छायाँकन सुरु हुने निर्माण टिमले बताउँदै आएको छ ।