असार ११,
काठमाडौँँ । काठमाडौं उपत्यकालाई विश्व सम्पदाको ‘खतराको सूची’ मा राख्न प्रस्ताव गरिएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सांस्कृतिक महत्व बोकेको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । प्रस्ताव पारित भएमा काठमाडौं उपत्यकाभित्रका विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रहरुको पहिचान संकटमा पर्न सक्छ ।काठमाडौं उपत्यकामा पशुपतिनाथ मन्दिरसहित बौद्धनाथ, स्वयम्भूनाथ, पाटन र भक्तपुर...
असार ११,
काठमाडौँ । लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । सांगीतिक क्षेत्रका विभिन्न संघसंस्थाको समन्वयमा बुधवार भएको छलफलपछि सहमति भएको हो । सहमति अनुसार गलबन्दी लोकदोहोरीको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी शम्भु राईको समेत नाम समावेश गर्ने सहमति भएको छ ।गलबन्दीले प्राप्त गर्ने...
असार ११,
काठमाडौँ । लघु चलचित्र 'स्वाभिमानको खेती' ट्रेलर सार्वजनिक भएको छ। वास्तविक सत्य घटनामा आधारित रहेर फिल्म निमार्ण गरेको चलचित्र का निर्देशक राजु पुडासैनीले बताए । यस लघु चलचित्रको कथा परिकल्पना नबिन पोखरेलले गरेका हुन्। आशिष पुडासैनीको छायांकन ,सागर थापा, युबराज देबकोटा दिपक चालिसे र सुमन दनुवारको मुख्य भुमिका रहेको यस चलचित्रलाई छिट्टै नै टिभी च्यानल अनि युटुब बाट...
असार ११,
काठमाडौँ । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी विवादमा सर्वोच्च अदालतमा सुनुवाई फेरि लम्बिएको छ । उक्त रीटमाथि बुधबारको सुनुवाई राज्य व्यवस्था समितिलाई सूचना नपुगेका कारण स्थगित भएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले बुधबार अन्तरिम आदेशको छलफलका लागि संसदको राज्य व्यवस्था समितिलाई सूचना दिन आदेश दिएको छ ।सर्वोच्चले लोकसेवा आयोगको विज्ञापन विवादमा परेको ४ वटा रीटलाई एकै...
असार १
काठमाडौँ । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ । घटनामा केही प्रहरी घाइते भएका छन् । प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटनामा परेको पुष्टि गरे । घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।
असार ११,
काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुले धनगढीको सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशत सम्मको छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र हस्पिटलका तर्फबाट प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका छन् ।हालसम्म बैंकले मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २...
असार ११,
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले नयाँ बोनश दर घोषणा गरेको छ । कम्पनीले बीमितहरुलाई दिने नयाँ बोनश दर घोषणा गरेको हो ।
कम्पनीले प्रतिहजार न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयासम्म बोनश दर दिने घोषणा गरेको हो । बीमा समितिले असार ३ गते दिएको स्वीकृती पश्चात कम्पनीले उक्त नयाँ नयाँ बोनश दर घोषणा गरेको हो । कम्पनीले ९ वर्षको सावाधिक,...
असार ११,
काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोतका कर्मचारीसँग मिलेर बालुवाटार ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कार्यमा संलग्नका परिवारलाई बयानका लागि बोलाएको छ। अख्तियारले बुधबार सूचना जारी गर्दै पूर्वसचिव शारदा त्रितालको समितिले भूमाफिया भनेका शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीका परिवारसहित ८६ जनालाई बयानका लागि बोलाएको छ। अख्तियारले भाटभटेनी सुपर्मार्केटका सञ्चालक मिनबहादुर गुरूङको परिवारलाई पनि बयानका लागि बोलाएको...
असार ११,
काठमाडौँ । विनियोजन विधेयक, २०७६ संघीय संसदको राष्ट्रिय सभामा प्रस्तुत भएको छ। बुधबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक प्रस्तुत गरे। अर्थमन्त्री खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस् भनी गरेको प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल गरी बहुमतले स्वीकृत गरिएको हो।विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथिको छलफल र मन्त्रीहरूको जवाफका लागि असार १५...
असार ११,
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन्। लागुऔषध दुरूपयोग तथा ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध दुरूपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताएका हुन्।लागुऔषध समस्या र अन्तरनिहित चुनौतीको तुलनामा सरकारका प्रयास पर्याप्त नहुनु र...










