सोलुखुम्वुको पिकेमा वन्यजन्तु र जडिवुटी तस्करी गर्ने तमाङ फरार, वन रक्षककै मिलेमत्तोको आशंका

243

असार १०,
सोलुखुम्वु । सोलुखुम्वु जिल्लाको लिखु पिके गाउँपालिका वडा नं. १ पिकेमा सोही ठाउँका अम्वर वहादुर तामाङले लुकाई छिपाई राखेको धुपि, प्रतिवन्धित फूल, जराजुरी, वन्यजन्तुका हड्डी, टाउको खप्पर लगाएत सामाग्रीहरु ठूलो परिणाममा बरामत भए पनिसंकलनकर्ता तमाङ भने फरार छन् । संकलित सामग्रीहरुको प्रकृति हेर्दा लामो समय देखि तस्करी हुने गरेको देखिन्छ । यसरी वनक्षेत्रमा नै रहेकोघरमा निर्वाधरुपमा वनका कर्मारीहरुको मिलेमत्तो विना सम्भव देखिदैन । श्रोत भन्छ, ‘यसमा वन रक्षककै मिलेमत्तो हुनुपर्दछ अन्यथा यो सम्भव छैन ।’ सो क्षेत्रमा, लहरे धुपि, विभिन्न फूल तथा वहुमुल्य जडिवुटी पाईन्छ । त्यस्तै कस्तुरी, वाघ, डाँफे, हुचिल जस्ता संरक्षित तथा लोपउन्मुख वन्यजन्तु पाईने स्थानीहरुको भनाइ छ ।

यस विषयमा सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानालाई सम्पर्क गर्दा आफुले वन कार्यालय प्रमुखलाई आवश्यक कार्वाहीका लागि निर्देशन दिइसकेको वताए । वनकार्यालयका छंैठौ तहमा कार्यरत कर्ण व.अधिकारीका अनुसार वन कार्यालय र प्रहरीको संयुक्त टालीले घटेनास्थलमा छापा मारी मुचुल्का तयार गरी ल्याएको सामानको पहिचानका लागि परिक्षण भैरहेको जनकारी दिए । क—कस्को संलंग्नता वा मिलेमत्तो भन्ने अनुसन्धानमै रहेकोले अनुस्धानवाट खुल्ने विश्वास व्यक्त गरे ।