Friday, July 24, 2026
Home Blog Page 1466
एजेन्सी,असार १९, नयाँ दिल्ली । भारतको प्रमुख विपक्षी काँग्रेसका अध्यक्ष राहुल गान्धीले पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । यसअघि नै उनले काँग्रेसको अध्यक्ष पद छाड्ने घोषणा गरेका थिए । तर पार्टीले निर्वाचन परिणामलगत्तैको उनको निर्णययलाई अस्वीकार गरिदिएको थियो । राजीनामा दिँदै उनले गत महिना सार्वजनिक भएको लोकसभा निर्वाचनको मत परिणामअनुसार पार्टीको पराजयको जिम्मेवारी लिएका छन् । उनले आफ्नो राजीनामा...
असार १९, काठमाडौँ । युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको रात्रि आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ । आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ । यही असार...
एजेन्सी, असार १८, काठमाडौं । अफ्रिकी मुलुक जाम्बिया पुगेकी एक अमेरिकी पर्यटकलाई हात्तीले सुँढले हिर्काएको छ । अमेरिकी पर्यटकहरूको एक टोली हात्ती नजिक पुगेको बेलामा घटना भएको हो । भिडियोमा देखिन्छ, सानो छेकोपछाडि रहेको हात्तीले मानिसहरूका अगाडि सुँड तेर्स्याउँछ । पर्यटकहरूले उसको सुँड बिस्तारै सुम्सुम्याउँछन् । एक महिला चाहिँ हाँसीहाँसी फोटो खिच्न खोजिरहेकी हुन्छिन् ।तर हात्तीले खतरनाक आक्रमण गर्ला भनी...
असार १८, काठमाडौँ । राष्ट्रियसभाका सांसदले बजेट मन्त्रीको निर्वाचन क्षेत्रमुखी मात्र हुँदा सन्तुलितरुपमा देश विकास हुन नसक्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र र गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद महेशकुमार महराले शहीद...
असार १८ काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीले काठमाडौंको ठमेल क्षेत्रमा प्रविधिको उच्चतम् प्रयोगमार्फत सुरक्षा प्रदान गरिने बताएका छन् । बुधबार ठमेलमा पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एप्लिकेशको उद्घाटन गर्दै उनले उल्लेखनीय चेतनास्तर रहेको ठमेललाई प्रविधिमार्फत थप सुरक्षित बनाइने बताएका हुन् ।‘सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्नु भन्दा पनि प्रविधिको...
असार १८, काठमाडौं । गण्डकी प्रदेश सांसद दीपक मनाङे बिहीबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने तय भएको छ ।मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन्...
असार १८, काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै आफूकहाँ धाउने गरेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताएका हुन् ।विगतको अनुभव भन्दै पण्डितले समिति बैठकमा भने ‘अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा...
असार १८, काठमाडौं । गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बास बसेका एक युवक मृत अवस्थामा भेटिएका छन् । काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ बुधबार विहान गेस्ट हाउसमा मृत अवस्थामा भेटिएका हुन् । गुरुङ असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका थिए । फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग विदेशबाट आएको दिनदेखि नै उक्त गेष्ट हाउस बस्दै आएका थिए ।उनीहरु...
एजेन्सी, असार १८, काठमाडौं । बलिउड अभिनेत्री माही गिल बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनी हालै दिएको अन्तर्वार्ताबाट चर्चामा आएकी छिन् । उनले डेक्कन क्रोनिकलमा दिएको अन्तर्वार्तामा विवाह नगरी एक छोरीको आमा भएको खुलासा गरेकी छिन् । उनले छिट्टै विवाह गर्ने योजनामा रहेको बताउदै भनिन्, ‘म विवाहित महिला होइन । तर, मेरो व्वायफ्रेन्ड छ । हामी छिट्टै विवाह गर्दैछौं ।...
असार १८, मोरङ । विराटनगर महानगरपालिका-१२ स्थित रोडशेष चोकबाट ५९ केजी ९ सय ३४ ग्राम चाँदी जस्तो देखिने सेतो धातुको टुक्राहरु सहित भारत जोगबनी-१६ बस्ने २४ वर्षीय गौरव कुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोटङबाट खटिएको प्रहरीले बिआर ११ एके १७९१ नम्बरको कार जाँच गर्ने क्रममा कारको सिटमुनि प्लाष्टिक तथा कार्टुन टेपले बेरिएको अवस्थामा लुकाई...