मन्त्री पण्डित भन्छन् “एउटा नायब सुब्बा सरुवा गराउन ३२ जना सांसद धाएका थिए”

245

असार १८,
काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवाका लागि सांसदहरु नै आफूकहाँ धाउने गरेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिमा संघीय निजामती विधेयकमाथिको छलफलमा उनले विगतमा एक जना नायब सुब्बा सरुवाका लागि ३२ जनासम्म सांसद आफूकहाँ आएको बताएका हुन् ।

विगतको अनुभव भन्दै पण्डितले समिति बैठकमा भने ‘अहिलेको त म भन्दिन अघिल्लो पटक मन्त्री हुँदा एउटा नायब सुब्बालाई सरुवा गर्न ३२ जना माननीयसम्म आउनुभएको थियो ।’ नेकपा सांसद जनार्दन शर्माले सोर्स फोर्स लगाएर कर्मचारी सरुवा गर्ने पद्धति हटाउन विधेकयमा नै व्यवस्था गर्नुपर्ने बताए । ‘सबैले सोर्स फोर्स लगाउयने सत्तापक्षले पनि लगायने प्रतिपक्षीले पनि लगाउने पूर्व मननीयले पनि लगाउयने यही हाम्रो कमजोरी छ, यसलाई सुधार गर्नुपर्छ’ उनले भने ।