Friday, July 24, 2026
Home Blog Page 1465
असार १९, काठमाडौँ । दीपक मनाङे भनेर चिनिने गण्डकी प्रदेश सांसद राजीव गुरुङ सत्तारुढ दल नेकपा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पोखरास्थिति नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा उनलाई नेकपा प्रवेश गराएका हुन् ।मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद मनाङ्गे फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि सपथसमेत लिन पाएका थिएनन् । निर्वाचित भएको...
एजेन्सी, असार १९, काठमाडौँ । सुपरस्टार प्रभासको आगामी फिल्म साहोको पहिलो गीतको फर्स्ट लूक सार्वजनिक गरिएको छ । प्रभास आफैंले सामाजिक सञ्जाल अकाउन्टमा गीतका दुई पोस्टर शेयर गरेका छन् । एउटामा उनी आफैं र अर्कोमा श्रद्धा कपूर देखिएका छन् । पहिलो पोस्टरमा प्रभासले पूरै कालो वस्त्र लगाएर कूल देखिएका छन् । अर्को पोस्टरमा श्रद्धा ग्ल्यामरस देखिएकी छन् । उनले हरियो...
असार १९, चितवन । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीवार(आज) आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति निधिले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार राखे । अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका...
एजेन्सी, असार १९, काठमाडौँ । कडा भाषण दिएर चर्चामा आएकी भारतकी एक सांसदमाथि नै भाषण चोरीको आरोप लागेको छ । तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रामाथि भाषण चोरीको आरोप लागेको हो । उनले यसबारे प्रस्टीकरण दिँदै आफूले चोरीको भाषण नगरेको र जे बोलेको हो, त्यो मनभित्रैबाट बोलेको बताएकी छन् । संसदमा गरेको भाषण मौलिक नभएको आरोप लागेपछि उनको यस्तो भनाइ आएको...
असार १९, काठमाडौँ । काठमाडौँ उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौँको कलङ्कीमा लर्निङ रियाल्म इन्टरनेशनल ९एलआरआई०, यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने...
असार १९, रुपन्देही । रुपन्देहीमा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए।दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र...
एजेन्सी, असार १९, काठमाडौं । भारतको कर्नाटकमा पेरियपटनाबाट जेडीएस दलका विधायक के. महादेवले आफूलाई भाजपामा प्रवेश गर्नका लागि ४० करोड भारुको अफर दिइएको तर आफूले अस्वीकार गरेको बताएका छन् । महादेवले भने, ‘जनताका प्रतिनिधिहरूले आफ्ना मतदाताको कल्याणका लागि काम गर्नुपर्छ । मुख्यमन्त्रीले सन्तुलित रूपमा काम गर्नुपर्छ । नभए राजीनामा, ब्ल्याकमेलिङ र धम्कीको नाटक शुरू हुन्छ ।’उनले भने, ‘भाजपाका प्रवेश...
असार १९, काठमाडौं । पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ। पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस्।धेरै तेलयुक्त र मसालायुक्त भोजन अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ। यद्यपि...
असार १८ काठमाडौं । तास खेलिरहेको अवस्थामा आठ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरले बुधबार साँझ पक्राउ गरेको छ। काठमाडौं३-१ बानेश्वरस्थित पानीट्यांकीबाट आठ जनालाई तासको खालबाट पक्राउ गरिएको बृत्तका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले बताए।उनका अनुसार खालबाट एक लाख ९९ हजार ५०० रकम र तासका बुङहरु बरामद भएका छन्। पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने डिएसपी रेग्मीले बताए। बानेश्वर...
असार १९, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा ४ लाख ४१ हजार १ सय ४१ जनाले आवेदन दिएका छन् । ९ हजार १ सय ६१ पदका लागि गरेको विज्ञापनमा माग गरेको पदभन्दा ४८ गुणा बढी दरखास्त परेको हो । ती आवेदकबाट १४ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । आवेदन दिनेमा १ लाख ३...