Friday, October 2, 2026
Home समाचार फेसबुकमार्फत चिनजान भएकि प्रेमिकासँग गोङ्गबुको गेष्ट हाउसमा बास बसेका प्रमोद मृत भेटिए

फेसबुकमार्फत चिनजान भएकि प्रेमिकासँग गोङ्गबुको गेष्ट हाउसमा बास बसेका प्रमोद मृत भेटिए

130

असार १८,
काठमाडौं । गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा आफ्नी प्रेमिकासँग बास बसेका एक युवक मृत अवस्थामा भेटिएका छन् । काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ बुधबार विहान गेस्ट हाउसमा मृत अवस्थामा भेटिएका हुन् । गुरुङ असार ११ गते युएईको दुबईबाट नेपाल फर्किएका थिए । फेसबुकमार्फत चिनजान भएकी प्रेमिकासँग विदेशबाट आएको दिनदेखि नै उक्त गेष्ट हाउस बस्दै आएका थिए ।

उनीहरु गेस्ट हाउसको १०४ कोठामा बसेका थिए । प्रहरीका अनुसार उनीहरु बसेको कोठा भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । गेष्ट हाउस सञ्चालक र म्याग्दी घर भएकी प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।