Friday, July 24, 2026
Home Blog Page 1467
असार १८, काठमाडौं । भट्टराई नेतृत्वको समाजवादी पार्टीका नेता देवेन्द्र पराजुली र कल्पना धमला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्ने भएका छन् । नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमसँग एकता गरेसँगै उनीहरु असन्तुष्ट थिए । भोलि बिहीबार पार्टी प्रवेश कार्यक्रम राखिएको छ । धमलाले पनि नेकपा प्रवेश गर्न लागेको स्वीकार गरिन् । ‘नयाँ वैकल्पिक शक्ति चाहिएको छ र हामी त्यो...
एजेन्सी, असार १८, काठमाडौँ । उत्तर कोरियाबारे धेरै कुरा बाहिर आउँदैनन् । त्यसैले धेरैले उत्तर कोरियाबारे विभिन्न अनुमान गर्छन् र हामीले त्यसैलाई हो भनेर पत्याइदिन्छौं । उत्तर कोरिया र अमेरिकाबीच दुई पटक शिखर वार्ता भएका छन् भने १४ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमण गरेका छन् । तर यसबारेमा उत्तर कोरियाली जनता के सोचिरहेका होलान् भन्ने कसैलाई जानकारी छैन ।...
एजेन्सी, असार १८, काठमाडौं । बेलायतमा उडिरहेको प्लेनबाट खसेका एकजनाको मृत्यु भएको छ । समाचार एजेन्सीहरुका अनुसार हिथ्रो विमानस्थलमा अवतरण गर्ने क्रममा रहेको केन्या एयरलाइन्सको विमानबाट एक यात्रु जमिनमा खसेको हो । ती यात्रु उक्त विमानको ल्यान्डिङ गियरभित्र लुकेर यात्रा गरिरहेको अवस्थामा थिए । विमान अवतरणको क्रममा ल्यान्डिङ गियर खोलेपछि उनी तीन हजार ५ सय फिट माथिबाट जमिनमा खसेको बताइएको...
असार १८, सिरहा । सिरहाको लहान नगरपालिका २४ गोविन्दपुर महलनमा ९ महिने अबोध बालिका बलात्कृत भएकी छन् । प्रहरीले मंगलबार बालिका बलात्कार गरेको आरोपमा १४ वर्षीय एक बालकलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार बालिकालाई घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्याउन जाँदा बालकले उनीमाथि यस्तो घटना घटाएको हो । खाजा पुर्याएर घर फर्किँदा ती बालकलाई बालिकाकी आमाले...
असार १८, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लिने नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ प्रतिशत नर्स फेल भएपछि पढाइको गुणस्तरमा प्रश्न उठेको छ । यस वर्षको परीक्षामा १५ सय १९ जना परीक्षार्थी सहभागी भएकोमा ५ सय २६ जना मात्र उत्तीर्ण भएपछि सरोकारवालाले गुणस्तरको प्रश्न उठाएका हुन् । ‘नर्सिङ जनशक्तिको गुणस्तर सुधार्न मापदण्ड नपुगेका कलेजलाई बिस्तारै बन्द गर्नुपर्छ,’ काउन्सिलकी अध्यक्ष प्रा.डा....
असार १८, काठमाडौं । एनसेल प्रालिले ईन्जिनियरिङ् अध्ययन संस्थान पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ। कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजन गरेको हो। छात्रवृत्ति तथा उत्कृष्टता सम्मान विद्यार्थीका अभिभावक, प्राध्यापक र अन्य पाहुनाहरुको माझ प्रदान गरिएको हो। एनसेलले २०७६ सालदेखि २०८० सालसम्म ईलेक्ट्रिकल,...
असार १८, काठमाडौं । भारतीय फिल्म आईफा अवार्ड नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने बताएका छन् । ‘यो वर्ष नहुने नै भयो, अब एक/दुई वर्षपछि पूर्वाधारमा हामी सक्षम भयौं भने पुन: आयोजनाको सम्भावना रहन्छ’...
एजेन्सी, असार १८, काठमाडौं । जारी आइसिसी क्रिकेट विश्वकप २०१९ अन्तर्गत मंगलबार बर्मिङघमको एजबेस्टनमका भारत र बंगलादेशबीच खेलका दौरान भारतीय टिमकी तिनै वृद्ध समर्थक चारूलताले सबैको ध्यान खिचिन्। भारत २८ रनले विजयी भएको खेलमा ८७ वर्षीय भारतीय समर्थकको खेलप्रतिको लगावको विषय अहिले सामाजिक सञ्जालमा चर्चित भएको छ। कतिपयले उनलाई ‘फ्यान अफ द टुर्नामेन्ट’ को संज्ञासमेत दिएका छन्। खेलमा भारतले बनाएको...
असार १८, परासी । भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, लुम्बिनीसहित रामग्रामको विकास सरकारले गर्छ, तपाईँहरु...
असार १८, काठमाडौं । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेको थियो । मनसुन सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन अझै पूर्ण सक्रिय हुन् तीन÷चार दिन लाग्ने जल तथा मौसम...