बलिउड बोल्ड अभिनेत्री माही बनिन् विवाह नगरी छोरीको आमा

417

एजेन्सी, असार १८,
काठमाडौं । बलिउड अभिनेत्री माही गिल बोल्ड अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनी हालै दिएको अन्तर्वार्ताबाट चर्चामा आएकी छिन् । उनले डेक्कन क्रोनिकलमा दिएको अन्तर्वार्तामा विवाह नगरी एक छोरीको आमा भएको खुलासा गरेकी छिन् । उनले छिट्टै विवाह गर्ने योजनामा रहेको बताउदै भनिन्, ‘म विवाहित महिला होइन । तर, मेरो व्वायफ्रेन्ड छ । हामी छिट्टै विवाह गर्दैछौं । तर, विवाह गरेपनि नगरेपनि हाम्रो सम्बन्धमा केहि फरक पर्दैन । मलाई स्वतन्त्रता चाहिन्छ । हामी दुवै एक अर्काको सम्मान र इज्जत गर्छौ । हामी लिभ इन रिलेशनशिपमा छौं ।’

उनले तीन वर्षको छोरी भएको खुलाउदै भनिन, ‘मेरी एक छोरी छिन् । उनी तीन वर्ष पुग्न लागेकी छिन् । मेरो छोरीको नाम भेरोनिका हो । मेरो काकी उसको हेरचाह गर्नुहुन्छ ।’ उनले बच्चा जन्माउन विवाह आवश्यक नभएको बताउदै भनिन, ‘परिवार र बच्चा विवाह नगरे पनि बन्न सक्छन् । मलाई लाग्दैन कि यसमा कुनै समस्या छ । विवाह नगरी बच्चा जन्माउनुलाई साधारण रुपमा लिनुपर्छ । विवाह निकै सुन्दर छ तर विवाह गर्नु तपाईको नीजि रोजाई हुनुपर्छ ।’ माही फिल्म ‘फ्यामिली अफ ठाकुरगञ्ज’मा देखिदैछिन् । यो फिल्ममा माहीसँगै जिम्मी शेरगिल र सौरभ शुक्लाको पनि मुख्य अभिनय रहेको छ । माहीले सलमान खानको ‘दंगल’मा पनि अभिनय गरेकी छिन् ।