Friday, July 24, 2026
Home Blog Page 1460
असार २२, काठमाडौं । नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले गए राति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई कुटपिट गरेका हुन् । प्रहरीको कुटाइबाट घाइते भएका कार्कीको सिन्धुलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।शनिबार राति सिन्धुलीको शिवनगरको एक होटलमा खाजा खाँदै...
असार २२, काठमाडौं । बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने। यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ। चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ।नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक...
असार २२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको तालिका संशोधन गरेको छ । यसअघि साउन २६ र २७ का लागि ताेकिएकाे परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने बोर्डले जनाएको छ । भदौ १ गते अनिवार्य अंग्रेजी, अनिवार्य नेपाली र अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुने छ । भदौ २ गते गैह्र नेपाली विद्यार्थीहरुका लागि अंग्रेजी विषयको...
असार २२, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक...
भुवन शर्मा (अन्नपूर्ण पोष्ट)असार २२, काठमाडौं । संघीय सरकारले पठाएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएका छन् । फिर्ता पठाएका कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघीय मन्त्रालय अझै टुंगोमा पुगेको छैन । संघीय मन्त्रालयका प्रवक्ता भुपाल बरालले संघीय सरकारले समायोजन गरी स्थानीय तहमा पठाइएका ९० जना कर्मचारीलाई विभिन्न स्थानीय तहले फिर्ता पठाएको बताउँदै त्यस्तो कर्मचारीको...
यज्ञ बञ्जाडे ( कान्तिपुर दैनिक) असार २२, काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण कालोसूचीमा परेको छ । तोकिएको समयमा ऋणीले नतिरेपछि यो ऋण कालोसूचीमा परेको हो । ऋण नतिर्नेको संख्या बढेसँगै कालोसूचीमा रहेको ऋण पनि बढेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरमा शंका व्यक्त गरिरहेको समयमा...
असार २२, काठमाडौं । धनगढीकी प्रियाशा शर्मा यसै वर्ष सम्पन्न एईई प्रिन्सेसकी विजेता हुन् । उनले १३ जना प्रतिस्पर्धिलाई पछि पार्दै उपाधिसहित मिस मल्टि ट्यालेन्ट तथा ब्यूटि विद द पपर्सको उपाधि जितेकी थिइन् । अघिल्लो साता सार्वजनिक भएको एईई परिक्षामा ए प्लस ग्रेड ल्याएर उत्तिर्ण भएकी प्रियाशा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउने तयारी गर्दैछिन् । गीत, संगीत तथा खेलकुदमा...
अब्दुल्लाह मियाँ (कान्तिपुर दैनिक)असार २२, काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाल जर्मनीको बोनमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा तीन साता बिताएर गत शनिबार काठमाडौं फिरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका महासन्धि ९यूएनएफसीसीसी० को ‘फोकल व्यक्ति’ का हिसाबले कार्यक्रममा ढकालको सहभागिता सान्दर्भिक भए पनि उनले असम्बन्धित उपसचिव गणेशविक्रम शाहीलाई पनि लगेका थिए । प्रशासनका उपसचिव शाही वन तथा वातावरणमन्त्री...
असार २१, काठमाडौं । सत्तारुढ नेकपाका सांसदहरुले भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताएका छन् । बानेश्वरस्थित...
असार २१, कपिलवस्तु । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । यशोधरा गाउँपालिका बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा यशोधरा गाउँपालिका-८ बासखोर बस्ने २२ वर्षीय रमेश कुर्मीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । निज रमेश र सोही गाउँपालिका-बस्ने २२ वर्षीय करन कोहारले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी...