Wednesday, September 23, 2026
Home स्वास्थ्य तौल घटाउन यसरी पिउनुपर्छ पानी

तौल घटाउन यसरी पिउनुपर्छ पानी

293

असार २२,
काठमाडौं । बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने। यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ। जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ। चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ। यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ।

नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने। बिहान वा बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने। यसले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ। सुत्नु भन्दा केही घन्टा पहिला एक गिलास पानी पिउने। यसरी पानी पिउदा खाना पछि केही खान मन लाग्दैन र बिहान उठ्दा शरिरमा रहेका हानिकार तत्व पानीसँगै बगेर जान्छन्।

दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउने। यसरी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ। दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ। यसले शरिरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ। दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घटाउन सहयोग मिल्छ।