६९ अर्ब ऋण कालोसूचीमा

72

यज्ञ बञ्जाडे ( कान्तिपुर दैनिक)
असार २२, काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले लगानी गरेको मध्ये ६८ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋण कालोसूचीमा परेको छ । तोकिएको समयमा ऋणीले नतिरेपछि यो ऋण कालोसूचीमा परेको हो । ऋण नतिर्नेको संख्या बढेसँगै कालोसूचीमा रहेको ऋण पनि बढेको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० ले बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरमा शंका व्यक्त गरिरहेको समयमा खराब ऋणी बढेको तथ्यांक बाहिर आएको हो ।

गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थामा ऋण नतिर्ने ऋणीको संख्या करिब साढे ३४ प्रतिशतले बढेको छ । कर्जा माग बढेपछि ऋणीको संख्या पनि बढेको र बढ्दो ऋण प्रवाहले कर्जा नतिर्ने कालोसूचीमा पर्नेको संख्या पनि बढाएको जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षमा मात्र ऋण नतिर्ने ऋणीको सूचीमा थप २ हजार १ सय ५१ ऋणी थपिएका छन् । योसँगै हालसम्म कालोसूचीमा रहेका ऋणीको संख्या ८ हजार ३ सय ९२ पुगेको छ । गत वर्षको असारमा यस्तो संख्या ६ हजार २ सय ४१ थियो । ०७४ असारमा यस्तो संख्या ५ हजार २ सय ४७ थियो । यो तथ्यांक वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीमध्येको हो । यसमा लघुवित्त संस्थाका ऋणी समावेश भएको छैन । आर्थिक वर्ष ०७२र७३ मा ऋण नतिर्ने ऋणीको संख्या ४ हजार ७ सय ८५ थियो । तोकिएको मितिमा ऋण भुक्तानी नगर्ने ऋणीलाई बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । तीन महिनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा नै मानिन्छ । तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेको कर्जालाई कमसल, ६ महिनादेखि एक वर्षसम्म भाखा नाघेकोलाई शंकास्पद र एक वर्षभन्दा बढी भाखा नाघेको कर्जालाई खराब कर्जाका रूपमा वर्गीकरण गरी तोकिएअनुसार बैंक तथा वित्तीय संस्थाले रकम व्यवस्था ९प्रोभिजन० गर्नुपर्छ । यही वर्गीकरणका आधारमा एक वर्षभन्दा बढी भाखा नाघेको कर्जाका ऋणीहरूलाई कालोसूचीमा रहेको भनिएको हो ।