बालिकालाई करणी गरेको अभियोगमा पक्राउ

121

असार २१,
कपिलवस्तु । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
यशोधरा गाउँपालिका बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा यशोधरा गाउँपालिका-८ बासखोर बस्ने २२ वर्षीय रमेश कुर्मीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
निज रमेश र सोही गाउँपालिका-बस्ने २२ वर्षीय करन कोहारले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मर्यादापुरबाट खटिएको प्रहरीले रमेशलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार करनको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।