लण्डनमा भाविका उप्रेतीको सुन्दरता, तस्विरमा हेरौं

953

काठमाडौं । बेलायतका करिब एक दर्जन युवा–युवतीले नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् भने केही राम्रैसँग स्थापित समेत भएका छन् । यही भीडमा छिन्— भाविका उप्रेती । दस वर्षकै उमेरमा बेलायत पुगेकी भाविका सानैदेखि नृत्य एवं अभिनयमा रुचि राख्थिन् । प्रेम गीतको तेस्रो संस्करणको नायिकाका लागि २ हजार ७ सय १४ जनाबाट टप २५ मा पर्न सफल ५ फिट ३ इन्च अग्ली उप्रेती आकर्षक शारीरिक बनावटका कारण जोकसैलाई प्रभावित तुल्याउने क्षमता राख्छिन् । नृत्यमा प्रारंगत भाविका आफू अभिनयमा पनि सशक्त सावित हुने विश्वास व्यक्त गर्छिन् । चलचित्रमा अवसर पाए बेलायत छोड्न सक्छु, उत्साहित हुँदै उनले बताइन् ।

बेलायतमा हुने प्रायः सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भै अभिनय र नृत्यको भोक मेटाउँदै आएकी गोंगबु, काठमाडौंमा जन्मिएकी उप्रेती सानो छँदा खेलेको, घुमेको ठाउँ अझै आफ्नो मानसपटलमा ताजै रहेको बताउँछिन् । फुर्सदमा उनी युट्युबमा नेपाली चलचित्रहरू हेर्छिन् । चलचित्रमा नेपालकै विभिन्न भागका रमणीय दृश्य देखाइएका कारण अबको नेपाल बसाइमा उनी पोखरा र मुस्ताङ घुम्ने योजनामा छिन् । मिल्टन किन्स कलेजमा कक्षा १२ मा अध्ययनरत भाविका हाल एक भाइ तथा बुवाआमाका साथ बेलायतको मिल्टन किन्समा बसोबास गर्छिन् ।
शब्द तथा तस्बिर: कुशल श्रेष्ठ
मेकअप: दीपिका श्रेष्ठ
लोकेसन: लन्डन
साभारः साप्ताहीक