Saturday, July 25, 2026
Home Blog Page 1444
-भगवती तिमल्सिना (नेपाल समाचारपत्र) असार २९, काठमाडौँ । सन्तान जन्माउने योजनामा रहेका सञ्जीव न्यौपाने र एकता घिमिरेलाई यतिबेला जीवनमै सबैभन्दा ठूलो चुनौती आइलागेको छ। निजीक्षेत्रबाट सञ्चालित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीको लापरबाहीले आफूहरूमा कल्पनै गर्न नसकिने पीडा आइलागेको उहाँहरूको भनाइ छ। झन्डै १३ महिनाअगाडि अर्थात् सन् २०१८ जुन २६ को कुरा हो। ३६ हप्तामा सञ्जीव न्यौपाने र एकता घिमिरेको पहिलो सन्तान जन्मियो।...
असार २८,काठमाडौं ।   अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायतका प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६ जना, प्रदेश नम्बर १ मा ६ हजार ३ सय ५ जना, प्रदेश नम्बर...
असार २८, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढि, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौं । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’ पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण...
असार २८, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष मण्डलका संयोजक झाले भने,‘हामीले गर्नुपर्ने काम चाहीँ हामी गर्दैनौं, अनि अरुले बाँध बाँध्यो भनेर हुँदैन । अर्काको बाँध किन हेर्नुपर्यो, मैले धेरैपटक...
असार २८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सरकारले बाढी, पहिरो पीडितलाई आजै राहतको प्याकेज घोषणा गर्ने स्पष्ट पारेका छन् । रिर्पोटर्स क्लबमा आयोजित कार्यक्रममा उनले भने,‘अहिले केन्द्रिय राहत व्यवस्थापन समितिको बैठक जारी छ । सरकारले पीडितहरुलाई विशेष राहतको घोषणा गर्छ ।’ सरकारले उद्धार तथा राहतको लागि हेलिकप्टर पनि तैनाथ (स्ट्याण्डवाई) राखेको जनाउँदै...
असार २८, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३–३ जना,...
असार २८,रौतहट । रौतहटमा पानीको बहाव खोलिदिनुको सट्टा बाँधमा सुरक्षाकर्मी खटाएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरे छन् । उनीहरुले फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग पनि प्रयोग गरेका छन् । सिमानामा भारतले बाँधेको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।बाँध फुटेपछि बाढी भारतीय बस्तीमा...
असार २८, काठमाडौं । बिहीबार साँझदेखि परेको अविरल वर्षाको कारण देशभरको जनजीवन प्रभावित बनेको छ । हालसम्म खोटाङ, भोजपुर, काभ्रे, काठमाडौं, ललितपुर, पर्सा, बारालगायतका जिल्ला गरी २१ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी खोटाङ र काठमाडौंमा ३÷३ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परेर १० जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन्...
असार २८, काठमाडौं । फिल्म ‘हजार जुनीसम्म’को ‘सुकुटी साँध्न साउनी’ बालको दोस्रो गीत सार्वजनिक भएको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको आइटम गीतमा आर्यन सिग्देलसँग हाँस्यकलाकार दिपाश्री निरौलाले नृत्य गरेकी छन् । सार्वजनिक गीतमा आर्यन र दिपाश्रीसँगै स्वस्तिमा खड्का, अखिलेष प्रधान, शिवहरी पौडेललाई पनि देख्न सकिन्छ ।https://www.youtube.com/watch?v=w3rA1fZI6KEयो गीतमा दिपा भट्टीको साउनीको रुपमा प्रस्तुत भएकी छिन् । प्रल्हाद तिमिल्सेना र मिना...
असार २८, काठमाडौं । नेपालले मलेसियालाई पहिलो टी–२० खेलमा ७ विकेटले पराजित गरेको छ । मलेसियाले नेपालसामु जीतका लागि १ सय २९ रनको प्रस्तुत गरेको लक्ष्य नेपालले १८।३ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्यायो । नेपालको जीतमा कप्तान पारस खड्का नायक बने । उनले विस्फोटक ब्याटिङ गर्दै मात्र ५० बलमा ८६ रन बनाए । यसक्रमा उनले ५ छक्का...