अब शिवहरिले ‘लक्का जवान’ निर्देशन गर्ने

206

असार २९,
काठमाडौं । शिवहरि पौडेल हास्य कलाकारितामा स्थापित नाम हो । हास्यश्रृंखला जिरे खुर्सानीका निर्देशक तथा अभिनेता पौडेल ‘प्वाक्क मुखमा हान्नु’ थेगोका कारण परिचित छन् । हास्य कलाकारितामा रमाइरहेका अधिकांश कलाकार चलचित्रको अभिनय, निर्माण तथा निर्देशनमा व्यस्त भैरहेका बेला कलाकार पौडेल भने हालका मितिसम्म अभिनयमा मात्र सीमित थिए । दीपक–दीपाको क्याम्पका अधिकांश चलचित्रमा अभिनय गरेका पौडेल अब भने निर्देशकका रूपमा दर्शकमाझ आउने भएका छन् । पौडेलले निर्माण तथा निर्देशन गर्ने चलचित्रको शीर्षक हो– लक्का जवान । उक्त चलचित्र हास्य प्रधान हुने निर्देशक पौडेलले स्पष्ट पारिसकेका छन् ।

यो चलचित्रमा अर्का हास्य अभिनेता किरण केसी तथा अभिनेता दिलीप रायमाझीसमेत सह–निर्माताका रूपमा आबद्ध हुँदैछन् । निर्देशक पौडेलले आफ्नो पहिलो निर्देशनको चलचित्र पारिवारिक तथा हास्यप्रधान हुने बताएका छन् । वास्तविकतामा आधारित चलचित्र बनाउने आफ्नो प्रयास रहने नव–निर्देशक पौडेलको भनाइ छ ।

जततउस्ररदष्त।थिरद्दइण्बज्ञवअ