Home Blog Page 144
काठमाडौं : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक वर्षमा २२ हजार ३ सय १३ जना शिशुको जन्म भएको छ। अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार गत एक वर्षमा अस्पतालमा ३० हजार ९५२ जना महिलाहरू उपचारको लागि भर्ना भएका थिए। जसमा २५ हजार ११६ जना महिलाले प्रसूतिसम्बन्धी सेवा लिएका थिए। यसरी प्रसूतिसम्बन्धी सेवा लिने महिलाबाट गत एक वर्षमा २२ हजार...
काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले अदालतको आदेशलाई महानगरको निर्णय भनी नेताहरूले गलत व्याख्या गरेर भ्रम छरेको भन्दै आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जालबाट उनले अदालतको आदेशलाई महानगरको निर्णय भनी गलत व्याख्या गरिएकाे भन्दै पार्टीको नेता कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्न पनि आग्रह गरेका हुन्।उनले भनेका छन्,‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान...
काठमाडौं : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ। गत शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज सोमबार बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।बिहान १० बजेसम्म सडक अवरुद्ध गर्ने भनिएकामा काम नसकिएकाले...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको र सरकार ती समस्याहरू हटाउने गरी निरन्तर काम गरिरहेको बताएका छन्। सोमबार काठमाडौंमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले समस्याको पहिचान नगरी समाधान नहुने भन्दै समस्याको पहिला पहिचान गर्ने काममा आफू लागेको बताए। उनले अस्पतालहरुमध्येमा प्रसूति तथा...
काठमाडौं : प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालमा दुई पार्टी सिस्टम आउने सम्भावना नरहेको बताएका छन्। काँग्रेस–एमाले नेतृत्वको सत्तारुढ गठबन्धनलाई दलाल पुँजीवाद र दक्षिणपन्थी अवसरवादको संज्ञा दिँदै उनीहरुले नेपालमा दुई पार्टी सिस्टम ल्याउने धृष्टता गरे पनि त्यो सम्भव नहुने जिकिर गरेका हुन्। आइतबार काठमाडौंमा आयोजित पार्टी केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा बोल्दै सम्मानित...
काठमाडौँ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चेक अनादरका घटना न्यून गर्न बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन सरकारले संशोधन गर्न लागेको बताएका छन्। आइतवार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले पछिल्लो समय खातामा पैसा नहुँदा पनि चेक काटेर दिने प्रवृत्ति अन्त्यका लागि सरकारले उक्त संशोधन गर्न लागेको बताए। अर्थमन्त्री पौडेलले २०६४ को ऐनले बैंकिङ कसुरसम्बन्धी सबै...
काठमाडौँ : मुलुकबाट विद्युत्‌भार कटौती अन्त्य भई नियमित रूपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत् (ऊर्जा) खपतमा उल्लेख्य वृद्धि भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार ऊर्जा खपत तीन गुणा बढेको छ। आर्थिक वर्ष २०७२।७३ मा तीन ७२ करोड युनिट ऊर्जा खपत भएकामा गत आव २०८०।८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ। आठ वर्षको अवधिमा देशभित्रको विद्युत् खपत ६...
काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको जीवनलाई सहज बनाउन सरकारले काम गरिरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उपभोक्ताको जीवनलाई सहज गर्नका लागि अहिले बजारमा देखिएका र आपूर्ति प्रणालीमा देखिएका समस्याहरुको समाधान गरिरहेको बताए। उनले भएका कमी कमजोरी सुधार गरेर सरकार अघि बढिरहेको बताए। उनले वर्तमान सरकार नेपाली...
काठमाडौँ : सरकारले विभिन्न कारणले जलेर घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने तयारी गरेको छ। यसअघि जलेर घाइते भएकाहरुलाई निश्चित रकम सहयोग गर्नेबारे छलफल गरे पनि अहिले आएर जलनका विरामीहरुलाई राज्यले नै नि:शुल्क उपचार गर्ने उद्देश्यअनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अघि बढाएको हो। यसको लागि मन्त्रालयले एउटा कार्यविधि नै बनाएर लागू गर्ने तयारी गरेको छ। स्वास्थ मन्त्रालयका नीति‚...
भक्तपुर । सुनकोशी नदीमा गाडी खस्दा भक्तपुरका तीन जना युवाहरु बेपत्ता छन् । मध्यपहाडी लोकमार्ग अन्र्तरगत सिन्धुलीमा जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोबिन्द राज काफ्ले जानकारी दिएका छन् । नयाँ नेपाल न्यूजसंग कुरा गर्दै एसपी काफ्ले भने हामीले बिहानैदेखि खोजी सुरु गरेका छौ घटनास्थल...