Thursday, October 1, 2026
Home समाचार सुनकोशीमा भक्तपुरका तीन युवा बेपत्ताः के भन्छन् सिन्धुली प्रहरी प्रमुख, अपडेट

सुनकोशीमा भक्तपुरका तीन युवा बेपत्ताः के भन्छन् सिन्धुली प्रहरी प्रमुख, अपडेट

160
तस्विरः राधिका बुढाथोकी

भक्तपुर । सुनकोशी नदीमा गाडी खस्दा भक्तपुरका तीन जना युवाहरु बेपत्ता छन् ।
मध्यपहाडी लोकमार्ग अन्र्तरगत सिन्धुलीमा जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको खोजी कार्य बिहानै देखि सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोबिन्द राज काफ्ले जानकारी दिएका छन् ।
नयाँ नेपाल न्यूजसंग कुरा गर्दै एसपी काफ्ले भने हामीले बिहानैदेखि खोजी सुरु गरेका छौ घटनास्थल नजिकै दुर्घटना भएको गाडी भेटिएको छ ।

प्रहरीका अनुसार प्रदेश ३ –०१–०२३ च ६३६६ नम्बरको गाडी खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोशी नदीमा खसेको थियो । उक्त गाडीमा सवार भक्तपुर सुर्यविनायक नगरपालिका ८ जगतीका अविन बके, सोही ठाउँका प्रनित सायाजु र बलराम घटुवा अवस्था हालसम्म पत्ता लागेको छैन् । साही गाडीमा सवार २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको सिन्धुली प्रहरी प्रमुख एसपी काफ्लेले बताए । खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश खुर्कोटलगायतले बिहानै खोजी कार्य सुरु गरेका छन् ।