रुपन्देहीमा भगवान गौतम बुद्धका मुर्ति तोडफोड

233

साउन २,
बुटवल । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति अज्ञात समूहले तोडफोड गरेका छन् । तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेका अनुसार सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको हो ।

तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको थियो । गत वैशाख १ गते प्रदेश ५ सरकारका उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले बुद्धमर्ती अनावरण गरेका थिए । उक्त मुर्तिहरु कसले र किन तोडफोड गर्यो भन्नेबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।