Saturday, September 26, 2026
Home खेलकुद नेपालका गोलकिपर किरण चेमजोङ भारतीय क्लब पञ्जाबमा दोस्रो पटक आबद्ध

नेपालका गोलकिपर किरण चेमजोङ भारतीय क्लब पञ्जाबमा दोस्रो पटक आबद्ध

268

साउन २,
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका नम्बर एक गोलकिपर किरण चेमजोङ भारतीय क्लब मिर्नेभा पञ्जाब आबद्ध भएका छन्। किरणले भारतको माथिल्लो डिभिजनको आई लिग खेल्ने क्लब पञ्जाबसँग दोस्रो पटक सम्झौता गरेका हुन्। क्लबले पनि किरणसँग सम्झौता भएको पुष्टि समाजिक सञ्जालमार्फत गरेको छ।

यसअघि उनले २०१७ को सिजनको अन्त्यमा पञ्जाबबाट खेलेका थिए। त्यतिबेला उनले ८ खेल खेलेका थिए। २ महिनाअघि किरण र माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबीच भएको सम्झौता रद्द भएको थियो। रद्दपछि नयाँ क्लबको खोजीमा रहेका किरण भारतीय क्लबमा पुगेका हुन्।