तपाई पैसा नजोगिएर हैरान हुनुहुन्छ भने यी हुनु पैसा जोगाउने ७ तरिका

679

एजेन्सी, साउन २,
काठमाडौं । सीमित कमाइकाबीच तपाईलाई परिवार चलाउन पर्ने बाध्यता हुन्छ । वा तपाईको व्यक्तिगत जीवनयापन गर्नलाई नै तपाईले कमाएको पैसा अपर्याप्त हुन सक्छ ।  तपाईको रोजगारी वा व्यवसायबाट तपाईले प्राप्त गर्ने रकम बढेपनि नजोगिएर हैरान हुनु भएको होला र कसरी पैसा जोगाउने भन्ने सोचिरहनु भएको छ भने यो टिप्स तपार्इृलाई काम लाग्न सक्छ ।

  • उपहार योजनाबाट नलोभिनुस्। आफूलाई चाहिएको कुरा मात्र किन्नुस्। र आवश्यक परेको बेला मात्र किन्नुस्। एक सय रुपैयाँको सामान आधा दाममा किन्दै हुनुहुन्छ भने के कुरा सम्झनुस् भने तपाईँले ५० रुपैयाँ बचाउँदा त्यति नै रकम खर्च गरिरहनु भएको छ।
  • प्रलोभनबाट बच्नुस्: कुनै पसल वा व्यवसायको प्रवर्धन गर्ने सूचना आउने इमेलबाट बाहिरिनुस्।
  • खानपानको बजेटबारे ख्याल राख्नुस्: खपत गर्ने सामान मात्र खरिद गर्नुस्।
  • सकेसम्म पैसाको प्रयोग गरेर सामान किन्नुस्: कार्डको प्रयोगबाट वा डिजिटल रूपमा भुक्तानी गर्दा पैसा खर्च भए जस्तो नलाग्न सक्छ।
  • प्रयोग भइसकेका सामान किन्नुस्: यो तपाईँको लागि सस्तो पर्न सक्छ र वातावरणीय हिसाबले उचित।
  • अनावश्यक कुरा बेच्नुस।
  • ब्रान्डेड सामाग्रीको साटो साधारण सामान किन्नुस्।