अभावमा भक्तपुरको न्यायालयः कार्य संञ्चालनमा सकस

173

साउन २,
भक्तपुर । भक्तपुर जिल्ला अदालत भक्तपुर नगरपालिकाको वडा नम्बर ३ स्थित दरबारक्षेत्र नजिक रहेको छ । अदालतको भवन करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । अदालतमा हाल ५ जना जिल्ला न्यायाधीशहरुको दरबन्दी रहेको अवस्था छ । दुई तल्ले यो पुरानो भवनमा ५ वटा इजलास, च्याम्बर, तहसीलदार कक्ष, तहसील फाँटलगायतका कक्ष रहेको छ ।
पुरानो १४ कोठे भवन र नयाँ ट्रष्ट (टहरो)मा रहेका केही कोठाहरुबाट अहिले न्यायालयको दैनिक काम भइरहेको छ । वि.स २०७२ सालको भूकम्पले थलिएको पुरानै भवनमै बसेर न्यायाधिसहरु न्याय सुनाई रहेका छन् । कर्मचारीहरु कोचिएर बसेर पनि कार्य सम्पादनमा जुटिरहेको देखिन्छन् ।
नयाँ ट्रष्ट भवनमा बसेर काम गर्नेहरको पीडा झन् अर्कै छ । गर्मीमा घामको ताप सहेर काम गर्नुको विकल्प छैन्, प्रशासन शाखाका बसन्त मैनालीले रातोपाटीसंग कुरा गर्दै भने । वि.स २०६८ सालको जनसंख्यालाई आधार मान्ने हो भने भक्तपुरमा ३ लाख ८ हजारभन्दा धेरै मानिसको स्थायी बसोबास छ । काम र पढाईको क्रममा भक्तपुरमा अस्थायी बसोबास बनाउनेहरु पनि धेरै छन् ।
दैनिक २ सय ५० जना भन्दा धेरै सेवाग्राहीहरु भक्तपुर अदालतको परिसरमा सेवालिन आउने गरेका छन् । अदालतको गेटबाटभित्र छिरेपछि मुलढोकाको दाँया तर्फनै बाटोमा दर्ता चलानी छ ।
केही समय अगाडीदेखि नयाँ भवन बनाउने भनेर जग्गा समेत खरिद गरीसकेको अवस्था छ । तर भक्तपुर नगरपालिकामा पुगरे नक्शापास कार्य रोकिएको अदालत स्रोतले जानकारी दिएको छ ।

मुद्दाको संख्यामा वृद्धि
भक्तपुर जिल्ला अदालतमा ४ हजार ३ सय ५७ मुद्दा परेका छन् । आर्थिक वर्ष २०७४/०७५मा नयाँ र जिम्मेवारी सरेका गरी कुल मुद्दाको संख्या ४ हजार ३ सय ५७ पुग्यो ।
आर्थिक बर्ष २०७५/०७६ मा २ हजार ४ सय तीन मुद्दा फर्छौट भएका छन । जिल्ला अदालतले बार्षिक कार्ययोजना अनुरुप २ हजार ५ सय ३६ मुद्दा फर्छौट गर्ने लक्ष्य लिएकोमा ९४.६२ प्रतिशत मुद्दा फर्छौट भएको जिल्ला अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले बताए ।
यस बर्ष जिल्ला अदालतमा २ हजार ७ सय ४० मुद्दा परेका मध्य करिव १३ प्रतिशत अर्थात ३ सय ५४ मुद्दा सम्वन्ध विच्छेदमा मुद्दाका थिए । जिल्ला अदालत भक्तपुरमा दैनिक सरदर १० वटा मुद्धा दर्ता हुने गरेका छन् ।

भवन जिर्ण काममा समस्या
भक्तपुर जिल्ला अदालतका भवन सांघुरो र जिर्ण हुदाँ दैनिक काम कारवाही गर्न कठिनाइ भएको कर्मचारीहरु बताउँछन् । २ तल्ले भवनमा जम्मा १४ वटा कोठा छन । तीमध्य पाँच वटा कोठा इजलास चलेको छ भने बाकी कोठाहरुमा तहसिल शाखा , तहसिश दार को कोठा, सुचना अभिलेखालय र अभिलेख शाखा समेत साँघुरो हुदाँ मुद्धाका मिसिल फाइल राख्न समेत कठिनाइ भइरहेको तहसीलदार तथा सूचना अधिकारी सदन अधिकारी बताउँछन् ।
हामीले अदालतको अभिलेखालयको ४ कोठामा हेर्दा ५५ हजार थान मुद्धाका मिसिलहरु दजारमा राखिएको देखियो । जस अब नयाँ आर्थिक वर्षदेखि आउने मुद्धाका मिसन राख्न स्थान अभाव हुने सूचना अधिकारी सदनले बताए ।
शाखाको कोठामा पानी चुहिने समस्याका कारण कतिपय मिसिलहरुमा पानीले विग्रने गरेको समेतको भनाई छ ।
बाहिर रहेको ट्रष्टमा अहिले ५ वटा कोठा मुद्धा फाँट र एक फीराद कोठा रहेका छन । कोठाहरु साँधुरो हुदाँ सेवाग्राहीहरुलाई सेवा दिन कठिनाइ अदालत स्रोत बताउँछ ।
भक्तपुर जिल्ला अदालतमा अहिले ४ हजार ४ सय मुद्दा रहेका छन् । सबै प्रकारका दरबन्दी गरेर हाल ७० जना कर्माचारीहरु कार्यरत छन् ।
यस आर्थिक बर्षमा अधिकृतस्तर सहित थप ११ जना कर्माचारीहरु थप भएका आउने भएकाले हालको भवनमा कर्मचारी र आवश्यक सामाग्री व्यवस्थापनमा नै समस्या हुने श्रेस्तेदार अधिकारीले बताए ।
अदालतमा आउने सेवाग्राही र कर्मचारीहरुलाई शौचालयको समेत समस्या हुने गरेको छ । सेवाग्राही र कर्माचारी लाई भने तीन वटा मात्रै शौचालय अभाव भएको श्रेस्तेदार अधिकारीले बताए ।

नक्सा पासमै कुरा रोकियो
अदालतको नयाँ भवन बनाउने भनेर जग्गा लिएको केही वर्ष भैसक्यो । आवश्यक प्रक्रिया र बजेट समेत विनियोजित भएको छ । तर भक्तपुर नगरपालिकाले नक्सा पास प्रक्रिया रोक्दा समस्या भएको अदालत स्रोत बताउँछ ।
भक्तपुर नगरपालिका स्थित वडा नम्वर १० हाल मालपोत कार्यालय रहेको प्लानिङ क्षेत्रमै जिल्ला अदालतको भवन वनाउनको लागि १३ रोपनी जग्गा लिइसकेको छ ।
नगरपालिकावाट भवनको नक्सा स्विकृत नहुदाँ भवन बनाउन समेत कठिनाई भएकाले न्याय सम्पादनको कार्यमा समस्या देखियो छ ।