Monday, July 27, 2026
Home Blog Page 1422
साउन ६, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्त्वपूर्ण स्रोतको रुपमा चित्रण गरेका छन् । सामाजिक सुरक्षालाई महत्त्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा उल्लेख्य योगदान दिन सफल हुँदै आएको उनको भनाइ छ। सोमबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले...
एजेन्सी,साउन ६, काठमाडौं । सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली सिंगापुरले कतारलाई पराजित गर्दै सुखद शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो । टस जीतेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाउँदा कतारले १८७ रनको लक्ष्य पाएको थियो ।१८७...
एजेन्सी,साउन ६, काठमाडौं । प्रियंका चोपढा एकपटक पुनः ट्रोलर्सको निशानामा परेकी छिन् । प्रियंकाको एउटा फोटो अहिले चर्चाको विषय बनेको छ । यो फोटोमा प्रियंका चुरोट पिइरहेको देख्न सकिन्छ । फोटो भाइरल भएपछि मानिसहरुले उनको दम रोगमाथि ट्रोल गरिरहेका छन् । प्रियंका चोपडाको यो फोटो उनको मायामी भ्रमणको हो । फोटोमा प्रियंकासँग उनका श्रीमान् निक जोनस र आमा मधु चोपडा...
साउन ६ काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। साउन ९ गते बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको हो। यसअघि कांग्रेसले साउन ७ गते दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो।केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
साउन ६, काठमाडौं । माछापुच्छ्रे बैंकले आज बाट ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये १२ लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । माछापुच्छ्रेले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी...
साउन ६, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् । काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको...
साउन ६, भक्तपुर । साउन पहिलो सोमबार आज भक्तपुरका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड् लागेको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, पलाँसेको रहेको अग्लो शिव मूर्ती, भक्तपुर नगरपालिका दतात्रय मन्दिरमा सोमबार बिहान २ बजेदेखि नै भक्तजनहरु लाइन बसेर दर्शन गरिका छन् । अन्यत्र भन्दा डोलेश्वर महादेव मन्दिरमा भक्तजनको...
साउन ६, काठमाडौं । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ । फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ । कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल,...
एजेन्सी, साउन ६, काठमाडौं । फराह खानले निर्देशन गर्न लागेको ‘सत्ते पे सत्ता’को रिमेकमा नायक ऋतिक रोशन मुख्य भूमिकामा अनुबन्धित भएका छन् । उनले ‘सत्ते पे सत्ता’मा नायक अभिताभ बच्चनले निर्वाह गरेको भूमिका निर्वाह गर्नेछन् ।अभिताभको भूमिकामा त ऋतिक पक्का भए । अब हेमा मालिनीले निर्वाह गरेको भूमिकामा को रु भन्ने प्रश्न उठ्दै आइरहेको थियो । अब भने...
बीबीसी, साउन ६, काठमाडौं । जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ। जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने 'केयरगिभर' का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए।तर केयरगिभरका लागि कति नेपाली कामदार जापानले लिन खोजेको भन्ने चाहिँ आफूलाई जानकारी आइनसकेको श्रम रोजगार तथा...