Wednesday, October 7, 2026
Home खेलकुद विश्वकप छनोट एसिया फाइनलमा सिंगापुरको सुखद् शुरुवात, कतार ३३ रनले पराजित

विश्वकप छनोट एसिया फाइनलमा सिंगापुरको सुखद् शुरुवात, कतार ३३ रनले पराजित

75

एजेन्सी,साउन ६,
काठमाडौं । सिंगापुरमा जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनल अन्तर्गतको उद्घाटन खेलमा घरेलु टोली सिंगापुरले कतारलाई पराजित गर्दै सुखद शुरुवात गरेको छ । सोमबार बिहान भएको खेलमा सिंगापुरले कतारलाई ३३ रनले पराजित गरेको हो । टस जीतेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाउँदा कतारले १८७ रनको लक्ष्य पाएको थियो ।

१८७ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्र बनाउन सक्यो । कतारलाई पराजित गर्न सिंगपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । सिंगापुरका अम्जद महबुब र जनक प्रकाशले समान ३–३ विकेट हात हात पारे । कतारका लागि १ सय ५३ रन बनाउने क्रममा कप्तान तमोर सजादले ३४ रन, मोहम्मद रिजलानले ३३ रन जोड्दा भौसाल जवेदले २९ रन र मोहम्मद तानभिरले २६ रन बनाए का थिए ।

यसअघि पहिले ब्याटिङ गरेको सिंगापुरका लागि सुरेन्द्रान चन्द्रमोहनले ४७, टिम डेविडले ३८, मनप्रित सिंहले ३४ र रोहन राजरोगनले ३२ रन बनाएका थिए । सिंगापुरविरुद्ध कतारका इकबाल हुसेनले चार विकेट लिए भने नौमन सर्वारले २ विकेट हात पारे ।