माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र विक्री खुला

88

साउन ६,
काठमाडौं । माछापुच्छ्रे बैंकले आज बाट ऋणपत्र विक्री खुला गरेको छ । बैंकले ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । जसमध्ये १२ लाख इकाईका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । माछापुच्छ्रेले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ । ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ।