Wednesday, October 7, 2026
Home राजनीति अर्थमन्त्री खतिवडा भन्छन् – “गुठी नेपालको सामाजिक सुरक्षाको महत्त्वपूर्ण स्रोत”

अर्थमन्त्री खतिवडा भन्छन् – “गुठी नेपालको सामाजिक सुरक्षाको महत्त्वपूर्ण स्रोत”

81

साउन ६,
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्त्वपूर्ण स्रोतको रुपमा चित्रण गरेका छन् । सामाजिक सुरक्षालाई महत्त्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा उल्लेख्य योगदान दिन सफल हुँदै आएको उनको भनाइ छ। सोमबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको स्मरण गरे ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए । गरिब, पछाडि परेका समुदाय र वृद्धवृद्धा, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षाअन्तर्गत भत्ताको समेत व्यवस्था गरेको अर्थमन्त्री खतिवडाको भनाइ छ।