कानितपुर दैनिक
साउन ७, काठमाडौँ — वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आधा दर्जनभन्दा बढी गाडी प्रयोग गरिरहेका छन् । उनले मन्त्रालय, विभाग र प्रकृति संरक्षण कोषका गाडी प्रयोग गरिरहेका हुन् ।
यीबाहेक उनको सचिवालयले मन्त्रालय र विभागका ४ गाडी र ७ मोटरसाइकल लिएको छ । २०७४ मा संशोधित ‘मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०४९’ मा मन्त्रीले ‘सवारीका निमित्त एक मोटर, मासिक २६५ लिटर पेट्रोल...
अन्नपूर्ण पोष्ट
साउन ७,
काठमाडौं । नयाँ बानेश्वरस्थित एक गल्लीमा रहेको सरकारी कार्यालय । सेवाग्राहीको ठेलमठेल । हातमा फाइल बोकेका सेवाग्राहीको लाइन ढोका बाहिरसम्म । साँघुरो गल्लीमा भाडाको घरमा सञ्चालित आन्तरिक राजस्व कार्यालयको दृश्य हो यो । कार्यालय समयअगाडि सेवाग्राहीको भीड लागिसकेको थियो । सोमबार बिहान १० बजे अन्नपूर्ण टोली कार्यालय पुग्दा सेवाग्राही आउने क्रम जारी थियो । कार्यालय...
नागरिक दैनिक
साउन ७,
इलाम । भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले पूर्वी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिएको छ। सीमा क्षेत्रको नेपाली भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरपालिका–२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ।
म्गपपब ज्गलगकनेपाल भएर भारततिर छिर्ने वर्षौं पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो। विशेषगरी नेपालतर्फको तरकारी भारतमा...
नेपाल समाचारपत्र,
साउन ७, काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो । रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार...
साउन ६,
काठमाडौं । पार्टीका विभागहरूको नेतृत्व टुंग्याउन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल निष्कर्ष विहीन भएको छ। स्कुल विभागको नेतृत्त्वमा सचिवालयसदस्यद्वय ईश्वर पोखरेल कि नारायणकाजी श्रेष्ठ भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न नसकेको हो। सोमबार साँझ बसेका दुवै अध्यक्षबीचको छलफलबाट स्कुल विभागको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मंगलबार बस्ने भनिएको...
साउन ६,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित भएको हो । अर्को बैठक ९ गते बोलाइएको छ । आइतबार बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो । -Ratopati
साउन ६,
काठमाडौं । एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको छ । ‘हामी देख्छौं अपार संभावना’ को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने...
-निकोलस वोरोनिन/ बीबीसी, Photo: GETTY IMAGEकुनै समय हामीले आफूलाई मिठो लाग्ने कुरालाई सदाका लागि बिदा दिनुपर्ने हुनसक्छ त्यो पनि जलवायु परिवर्तनका कारण । तापक्रम र मौसम चक्रमा आइरहेको परिवर्तनका कारण खेतीपाती गर्न मुश्किल हुनसक्छ । साथै, माछा र जनावरको पनि मृत्यु हुनसक्छ ।भविष्यमा कुन–कुन कुरा तपाईंको प्लेटबाट गायब हुनसक्छ र यसले कस्ता परिणाम निम्त्याउन सक्छन्, त्यसबारे जानकारी लिऔं ।Photo:...
साउन ६,
काठमाडौं । रमित ढुंगानाको मुख्य भूमिका रहने चलचित्र ‘राजा साहेब’को औपचारिक निर्माण घोषणा गरिएको छ। सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो। सोमबार बिहान कोटेश्वरको महादेव मन्दिरमा चलचित्रको शुभ मूहुर्त पनि गरिएको छ। बिचल किराँतीको निर्देशनमा बन्न लागेको यस चलचित्रमा रमितसँगै धिरेन शाक्य, जयकिशान बस्नेत, उमेश खड्का, प्रज्जवल गिरी, टार्जनलगायतको मुख्य भूमिका रहने...
एजेन्सी, साउन ६,
काठमाडौं । एक सयवटा डल्फिनले एकै समूहमा पौडी खेल्दा कस्तो होला ? तपाईलाई लाग्ला के यीनीहरुले संगै पौडी खेल्लान भन्ने ?यो कुरा बास्तविक हो । अमेरिकाको क्यालिफोर्नियाको लगुना समुद्री तटमा समूहमा घुम्न निस्किएका डल्फिनहरूले नौका विहार गरिरहेका मानिसहरूलाई आश्चर्यचकित पारेका छन्। ती डल्फिनहरूले २५ मिनेटसम्म त्यसरी सामूहिक प्रदर्शन गरेका थिए। ती डल्फिनहरूलाई क्यालिफोर्नियाको लगुना समुद्री तटमा देखिएको...










