एनएमबि बैंकद्वारा नयाँ कर्पोरेट अभियान आरम्भ सुरु

216

साउन ६,
काठमाडौं । एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । बैंकले दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्यमान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको छ । ‘हामी देख्छौं अपार संभावना’ को अवधारणाले यदि कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसरहरू देख्न सक्ने प्रयासको सकारात्मक अर्थलाई बिम्वित गर्दछ ।

यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ, यस मार्फत् बैंकले मुलुकको असीमित स्रोतसाधनको उपयोग गर्नमा सहायता गर्नेछ, जसको माध्यमबाट सामान्य मानिसलाई सफल तुल्याउन सहयोग गर्न सक्नेछ ।