भोली बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित

184

साउन ६,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि सचिवालय बैठक स्थगित भएको हो । अर्को बैठक ९ गते बोलाइएको छ । आइतबार बसेको सचिवालय बैठकले देशभरका ७७ वटै जिल्ला कमिटीका इन्चार्ज र सह–इन्चार्जको नाम टुङ्ग्याएको थियो । -Ratopati