साउन ९,
काठमाडौं । अनमोल केसीलाई लिएर ‘कृ’ फिल्म बनाएका निर्माता सुवास गिरीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । वर्किङ टाइटल ‘नन्दुलाल’ राखिएको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने मुुख्य भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मको कथा पनि खगेन्द्रले नै लेखिरहेका छन् । नन्दुलाल निर्देशनको समेत सोच बनाएका निर्माता गिरीले सामाजिक बिषयमा फिल्म बन्ने बताएका छन् । सुवास इन्टरटेन्मेन्टबाट बन्ने फिल्मलाई सुवासले...
साउन ९,
सिरहा । अविरल वर्षासँगै पानी जमेको खाल्डोमा डुबेर सिरहाको गोलबजार नगरपालिका–२ तेतरियामा एक नाबालकको बुधवार मृत्यु भएको छ । घर नजिककै पानी जमेको खाल्डोमा डुबेर स्थानीय सन्तोष साहको दुई वर्षीय छोरा अङ्कितकुमार साहको मृत्यु भएको हो ।डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि आरके मेडिसिटी धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
एजेन्सी, साउन ९,
काठमाडौं । दिल्ली महिला आयोगकी प्रमुख स्वाति मालीवाल मंगलबार ट्वीटरमा एक बालिका बलात्कारको पुरानो भिडियो शेयर गरेपछि विवादमा आएकी छिन् । उनले शेयर गरेको भिडियोमा बलात्कार पीडितको अनुहार स्पष्ट बुझिएपछि विवाद भएको थियो । विवादपछि मालीवालले भिडियोलाई डिलिट गरेर माफी समेतद्ध मागी सकेकी छिन् । भारतमा बलात्कार पीडितको पहिचान उजागर गर्नुलाई गैरकानुनी मानिन्छ ।...
साउन ९,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गौसालाबाट दुई जना नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रेशम पाण्डे र राजु स्वर्णकार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।उनले भने ‘गौसाला आसपासबाट १८ हजार घुससहित दुई प्रहरीका असईलाई बुधबार साँझ समातेका छौं,...
साउन ९,
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४ सय ३७ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । उनीहरूको २०७६ साल साउन महिनादेखि तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खाने पाउनेगरी सरुवा गरिएको हो ।नेपाल प्रहरीका ४३७ इन्सपेक्टरको सरुवा सूची यहाँ हेर्नुहोस्
सिबि क्षेत्री प्रबेग -
फेरि पनि हुकुमी शासन चलेको छ,
शान्ति(समृद्धि भित्रभित्रै गलेको छ ।जन कलाकार समेत जेलमा हाल्दा
गणतन्त्रमाथिको विश्वास ढलेको छ ।अत्याचारले सिमाना नाघेको देखेर
क्रोधको ज्वाला दनदनी बलेको छ ।सुनौलो बिहान कैले होला झुल्किने?
अँध्यारो रातले हरेकपल छलेको छ ।कोही त जन्म हो सच्चा बनेर छिटो
रक्तिम स्वप्न आर्यघाटमा जलेको छ ।
एजेन्सी, साउन ९,
काठमाडौं । गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने भएको छ।अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना र गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ। साथै फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको उक्त समितिमा नियन्त्रण रहने छैन। कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन...
एजेन्सी, साउन ९,
काठमाडौं । बेलायतमा नयाँ मन्त्रिमण्डल आएसँगै सर्वत्र चर्चा हुन थालेको छ नयाँ मन्त्रिमण्डलको संरचना कस्तो छ भन्ने । बोरिस जोनसनले नेतृत्व सम्हालेको मन्त्रिपरिषदमा भारत र पाकिस्तानी मूलका २ मन्त्री समावेश भएका छन् ।युरोपियन युनियनबाट बाहिरिने भनेर ‘ब्रेक्जिट’ पक्षमा निर्णय गरिसकेको बेलायतमा त्यो निर्णय कार्यान्वयन गराउने मुख्य जिम्मेवारीसहित आएको नयाँ मन्त्रिपरिषदमा गृहमन्त्री भारतीय मूल र अर्थमन्त्री पाकिस्तानी मूलका...
साउन ९,
गुल्मी । गुल्मीको सत्यवती गाँउपालिकामा पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । बुधबार नेपाली सेनाले तीन दिनदेखि वेपत्ता शव फेला पारेपछि मृतकको संख्या बढेको हो । सोमबार वडा नम्वर ३ र ४ मा गरि ९ जना जनाको शव फेला परेको थियो भने ४ जना बेपत्ता थिए ।
जिल्ला प्रहरी कार्यालय...
कान्तिपुर दैनिक
साउन ९, (लुम्पेक) गुल्मी — आकाश गर्जिएर सोमबार साँझदेखि नै मुसलधारे पानी बर्सिरहेको थियो । सत्यवती–३ सिङीकी तिलकुमारी तरामुले साँझ नपर्दै छोराछोरीलाई खाना खुवाइन् । केहीबेर भारतमा रहेका श्रीमान् तिलबहादुरसँग फोनमा कुरा गरिन् । ठूलो पानी परिरहेको सुनाइन् । त्यसपछि सुत्ने तर्खरमा लागिन् । दुई कोठाको सानो घर । माथिल्लो तलामा सुत्न नमिल्ने भएकाले सामान मात्र राखिन्थ्यो । तल भान्सामै एउटा र अर्को कोठामा दुई...










