Saturday, October 24, 2026
Home समाचार गौशालाबाट प्रहरीका दुई सई घुससहित रंगेहात पक्राउ

गौशालाबाट प्रहरीका दुई सई घुससहित रंगेहात पक्राउ

164
सांकेतिक तस्विर

साउन ९,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गौसालाबाट दुई जना नेपाल प्रहरीका नायव निरीक्षक (सई)लाई घुसको रकमसहित रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रेशम पाण्डे र राजु स्वर्णकार रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए।

उनले भने ‘गौसाला आसपासबाट १८ हजार घुससहित दुई प्रहरीका असईलाई बुधबार साँझ समातेका छौं, केबेरपछि सबै डिटेल सार्वजनिक गर्नेछौं। पक्राउ परेका उनीहरुमाथि अख्तियारले अनुसन्धान सुरु गरेको छ।