गजल : हुकुमी शासन

151

सिबि क्षेत्री प्रबेग –
फेरि पनि हुकुमी शासन चलेको छ,
शान्ति(समृद्धि भित्रभित्रै गलेको छ ।

जन कलाकार समेत जेलमा हाल्दा
गणतन्त्रमाथिको विश्वास ढलेको छ ।

अत्याचारले सिमाना नाघेको देखेर
क्रोधको ज्वाला दनदनी बलेको छ ।

सुनौलो बिहान कैले होला झुल्किने?
अँध्यारो रातले हरेकपल छलेको छ ।

कोही त जन्म हो सच्चा बनेर छिटो
रक्तिम स्वप्न आर्यघाटमा जलेको छ ।