Thursday, October 1, 2026
Home मनोरन्जन ‘जाइरा’ को ‘यो मात चढेको साँझ’ मा तनुजाको आइटम नृत्य (भिडियो)

‘जाइरा’ को ‘यो मात चढेको साँझ’ मा तनुजाको आइटम नृत्य (भिडियो)

308

साउन १०,
काठमाडौं । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्म ‘जाइरा’को आइटम गीत रिलिज गरिएको छ । शुक्रबार इन्टरनेट ‘मार्फत सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाले आवाज भरेकी छन् । पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीत रिमेक गरेर यसमा राखिएको हो । सो समय गीतमा मिरा राणाले स्वर दिएकी थिइन् ।

किरण खरेलले शब्द, शिवशंकरको संगीत रहेको रिमेक गीत फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् । ‘यो मात चढेको साँझ’मा तनुजा गुरुङले दमदार नृत्य गरेकी छन् । यसको कोरियोग्राफर गोविन्द राई हुन् ।

फिल्ममा नम्रताको साथै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर समेत मुख्य भूमिकामा छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा तयार भएको हो । यसका कार्यकारी निर्माता प्रशन्न गोपाली रहेका छन् । फिल्म ६ भदौबाट प्रदर्शनमा आउदै छ ।