‘जाइरा’ को ‘यो मात चढेको साँझ’ मा तनुजाको आइटम नृत्य (भिडियो)

278

साउन १०,
काठमाडौं । आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्म ‘जाइरा’को आइटम गीत रिलिज गरिएको छ । शुक्रबार इन्टरनेट ‘मार्फत सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाले आवाज भरेकी छन् । पुरानो फिल्म ‘मनको बाँध’ मा रहेको गीत रिमेक गरेर यसमा राखिएको हो । सो समय गीतमा मिरा राणाले स्वर दिएकी थिइन् ।

किरण खरेलले शब्द, शिवशंकरको संगीत रहेको रिमेक गीत फिरोज बज्राचार्य र डिजे राजुले रिएरेञ्ज गरेका छन् । ‘यो मात चढेको साँझ’मा तनुजा गुरुङले दमदार नृत्य गरेकी छन् । यसको कोरियोग्राफर गोविन्द राई हुन् ।

फिल्ममा नम्रताको साथै अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर समेत मुख्य भूमिकामा छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्म नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा तयार भएको हो । यसका कार्यकारी निर्माता प्रशन्न गोपाली रहेका छन् । फिल्म ६ भदौबाट प्रदर्शनमा आउदै छ ।