हरेक वर्ष बग्छ, अनि डुब्छ देश !

132
सांकेतिक तस्विर

नयाँ नेपाल न्यूज
भौगोलिक दृष्टीकोणले नेपालमा तीन प्रकारका भूगोल छन् । हिमाल, पहाड र तराई । हिमाली भूभागमा भन्दा पनि पहाडमा पहिरो र तराईमा डुबानको समस्याले जनता समस्यामा छन् । हरेक वर्ष पहिरोमा सयौं बस्ती बग्छ, अनि डुब्छ । तर यस्तो समस्या सबैको भएपनि राज्यले सचेतना जगाउन सकेको देखिदैंन् ।
यस्ता कारणले बग्छ देशः बन विनाश, चुरे दोहन, नदि दोहनले पहाड बग्छ । पहाडमा आएको पहिरो र बाढीले तराई डुबाउँछ । तर सबै भन्दा खतरा तराईमा भारतले नेपालको सीमानामा बनाएको बाँधका कारणले तराई डुबिरहेको छ ।
गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका हुन् । अहिलेसम्म बाढीबाट १२८ घटना भयो भने पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ । बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट रु एक अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै पहिरोबाट रु दुई करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुवानबाट ६४ जिल्ला प्रभावित भएको छ । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् ।

यस्ता कारणले बग्छ देशः बन विनाश, चुरे दोहन, नदि दोहनले पहाड बग्छ । पहाडमा आएको पहिरो र बाढीले तराई डुबाउँछ । तर सबै भन्दा खतरा तराईमा भारतले नेपालको सीमानामा बनाएको बाँधका कारणले तराई डुबिरहेको छ ।
गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् ।

सिराहामा सात र ललितपुरमा छ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच/पाँच तथा महोत्तरी, मोरङ, ओखलढुङ्गा, लमजुङ र डोल्पामा चार÷चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौँ, पर्सा, खोटाङ, झापा, काभ्रेपलाञ्चोकमा तीन/तीन, सुनसरी, धादिङ, दाङ र बारामा दुई/दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, सङ्खुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक/एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।